हिमालयन डिष्टिलरीको नाफा साढे २६ करोडले बढ्यो

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडेको नाफा करिब २६ करोड ४९ लाखले बढेको छ । कम्पनीको गत आर्थिक वर्ष (आव) २०८२८३ मा १ अर्ब २० करोड ६३ लाख नाफा कमाएको छ । अघिल्लो आव २०८१८२ मा कम्पनीले ९४ करोड १४ लाख नाफा कमाएको थियो । कम्पनीको बिक्री र सञ्चालन आम्दानी बढे सँगै नाफा बढेको हो । […]

करिब पौने ४ अर्ब घाटाबाट नाफामा फर्कियो अप्पर तामाकोशी, १ अर्ब नजिक पुग्यो नाफा

काठमाडौं । विद्युत बिक्रीबाट आम्दानी बढेसँगै अप्पर तामाकोशीको नाफा बढेको छ । गत आर्थिक वर्ष (आव) २०८२/८३ मा कम्पनीले ९ अर्ब २५ करोड ९३ लाख नाफा कमाएको छ । अघिल्लो आव २०८१/८२ मा घाटामा रहेको कम्पनीले उक्त नाफा कमाएको हो । अघिल्लो आवमा कम्पनी ३ अर्ब ६८ करोड १ लाख घाटामा रहेको थियो । कम्पनीको […]

सहुलियतुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यविधि संशोधन , यस्तो छ नयाँ ब्यवस्था

काठमाडौं । सहुलियतुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यविधि  संशोधन भएको छ । नेपाल सरकार अर्थमन्त्री स्तरीय निर्णयबाट सो कार्यबिधि स्वीकृत भएको हो । स्वीकृत कार्यबीधि कार्यान्वयन गराउने नेपाल राष्ट्र बैंकले ‘क’ ‘ख’ र ‘ग’ बर्गका बैंक तथा बित्तिय संस्थालाई  निर्देशन जारि गरेको छ । संशोधित कार्यविधिमा कृषि तथा पशुपक्षी कर्जा महिला उध्यमशील कर्जा, बैदेशिक […]

बैंकिङ प्रणालीमा अधिकतरलता २० अर्व निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार २० अर्ब निक्षेप संकलन गर्न लागेको छ ।  राष्ट्र बैंकले १ महिनाको  लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार साउन २९ बुधबार  मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

शुक्रबारका लागि यस्तो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

बोर्टलस नेपाल आयो नाफामा, करिब ८८ अर्ब कमायो नाफा

काठमाडौं । बोर्टलस नेपाल लिमिटेड बालजु कम्पनीले नाफा कमाएको छ । गत आर्थिक वर्ष (आव)मा कम्पनीले ८७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनी अघिल्लो आवमा ४१ करोड ६१ घाटामा रहेको थियो । कम्पनीले सञ्चालन आम्दानी बढ्दा नाफा बढेको जनाएको छ । गत आवमा सञ्चालन आम्दानी १५ करोड ४८ लाख रहेको छ । […]

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको लेखा तथा कर सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । दुई दिने लेखा तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको प्रशिक्षण तथा तालिम सञ्चालन समितिको संयोजनमा सुन, चाँदी, रत्न तथा आभुषण व्यवसायलाई प्रचलित कानुनबमोजिम व्यवस्थित, पारदर्शी तथा सहज रूपमा सञ्चालन गर्न व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । […]

४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो । उद्योगमन्त्री गौरी कुमारी यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम […]

इलाममा राजस्व सङ्कलन आधाले घट्यो, दुई अर्बभन्दा बढी बजेट फिर्ता

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ । सङ्घीय र कोशी प्रदेशका कार्यालयहरूमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव […]

बिहीबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको […]