अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई आग्रह

काठमाडौं । मङ्गलवारबाट अर्थ मन्त्रालयले सुरु गरेको बजेट कार्यान्वयनको छलफल शृङ्खलाको पहिलो कार्यक्रममा सहभागी तीन दर्जनभन्दा बढी उद्योगीहरूसँगको छलफलमा उनले यस्तो बताएको हो। सरकारले निजी क्षेत्रको फैलावटका लागि सबैखाले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानी विस्तार, रोजगारी सिर्जना र देशमै केही हुन्छ भन्ने वातावरण सिर्जना गर्न उनले आग्रह गरे। सरकारले लगानीको सुरक्षा गर्नेमा ढुक्क रहन […]

सप्तरी भन्सारद्वारा गत आर्थिक वर्षमा रु सात करोड ४२ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष २०८२/८३ मा रु सात करोड ४२ लाख राजव सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी विजयकुमार साहका अनुसार आव २०८२/८३ मा कार्यालयको वार्षिक लक्ष्य रु आठ करोड १७ लाख १५ हजार रहेकामा लक्ष्यको ९०.१ प्रतिशत अर्थात रु सात अर्ब ४२ लाख राजस्व सङ्कलन भएको छ […]

बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले टोखा नगरपालिका–७ ढुङ्गेधारामा सञ्चालित एक मःम पसललाई कारबाही गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत फेला परेपछि विभागले मीठो झोल मःमलाई रु २० हजार बराबरको जरिवाना गरेको छ । विभागले मङ्गलबार काठमाडौँका विभिन्न ११ वटा फर्ममा अनुगमन गरेको थियो । सो क्रममा मेडिमार्ट फर्मालाई बिल बिजक तथा […]

नेपाल सरकार र जापान सरकार बिच अनुदान सम्झौता सम्पन्न

काठमाडौं । नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) का President Dr. Tanaka Akihiko ले  हेजो अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। उक्त भेटवार्तामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका President Dr. Tanaka ले नयाँ सरकारका प्राथमिकताका सम्बन्धमा चासो व्यक्त गर्दै लामो समय देखि जापान नेपालको असल मित्र र विकास साझेदारको रुपमा रहेकोले […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ […]

यूएईसहित चार मुलुकसँग दोहोरो करमुक्ति सम्झौता गर्दै नेपाल, विदेशी लगानी आकर्षित गर्ने लक्ष्य

काठमाडौं । नेपाल सरकारले वैदेशिक लगानी आकर्षित गर्ने र अन्तर्राष्ट्रिय व्यापारलाई थप प्रतिस्पर्धी बनाउने उद्देश्यसहित थप चार मुलुकसँग दोहोरो करमुक्ति सम्झौता (डबल ट्याक्सेसन एभोइडेन्स एग्रिमेन्ट–डीटीएए) गर्ने तयारी अघि बढाएको छ। संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बेलायत र मौरिसससँग यस्तो सम्झौता गर्ने प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ। यीमध्ये यूएईसँगको डीटीएए प्रक्रिया अन्तिम चरणमा पुगेको […]

शेखर गोल्छा एक करोड धरौटीमा रिहा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा एक करोड धरौटीमा रिहा भएका छन्। बीमासम्बन्धी र धितोपत्रसम्बन्धी कसुरमा गोल्छा एक करोड धरौटीमा रिहा भएका हुन्। काठमाडौँ जिल्ला अदालतले मंगलबार बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले उनलाई छाड्न आदेश दिएको […]

४८ करोड ९८ लाख राजस्व सङ्कलन

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ। रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु एक लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट […]

२५ सय बढी विदेशीलाई सरकारले गर्यो डिपोर्ट, सबैभन्दा बढी चिनियाँ

काठमाडौं । नेपाल प्रहरीका अनुसार पछिल्लो साढे पाँच वर्षको अवधिमा अर्थात सन् २०२१ देखि २०२६ को जुलाई २६ सम्म कुल २ हजार ५५७ जना विदेशीलाई डिपोर्ट गरेको छ । उक्त अवधिमा डिपोर्ट हुने विदेशीमध्ये २७.१८ प्रतिशत चिनियाँ नागरिक छन् । पछिल्ला वर्षमा डिपोर्ट हुने विदेशीमा सबैभन्दा ठूलो संख्या चिनियाँ नागरिक छन् अध्यागमन विभागका अधिकारीहरुले बताएका […]

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ९१ दिनमा ७१ करोड बचत फिर्ता, भदौदेखि दामासाही वितरण सुरु गर्ने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कार्यभार सम्हालेको ९१ दिनमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार बचतकर्तालाई कुल ७१ करोड रुपैयाँ बचत फिर्ता तथा बचत मिलान गरेको जनाएको छ। समितिले सार्वजनिक गरेको ९१ दिने कार्यप्रगति विवरणअनुसार गत आर्थिक वर्षमा करिब २१ करोड रुपैयाँ नगद फिर्ता र ५० करोड रुपैयाँ बचत मिलान गरिएको छ। पाँच लाख […]