लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड बढी राजस्व असुली गरेको छ ।उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो । आव २०८१/८२ को तुलनामा रु तीन करोड ७२ लाख […]

बहुराष्ट्रिय कम्पनीहरुलाई अर्थमन्त्रीले भने : नेपालमा वैध रूपमा गरिएको लगानीको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले सरकारले कर तिर्नेलाई केवल राजस्वको स्रोतका रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने बताएका छन् । उनले नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व भएको र यसमा सरकारले काम अघि बढाएको बताए । सोमबार नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले सो कुरा […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको अवधिमा एक करोड २० लाख सात हजार बक्यौता उठाएको छ । शाखाले आर्थिक वर्ष २०८२/८३ मा ७७१ ग्राहकबाट उक्त बक्यौता उठाएको हो । प्राधिकरणको खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार सरकारी कार्यालयबाट मात्र चार लाखभन्दा बढी बक्यौता उठाएको छ । प्राधिकरणले सदरमुकाम खाँदबारी […]

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो । कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ […]

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा रु चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको रु छ अर्ब छ करोड ८६ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । लक्ष्यको करिब ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकारी […]

नुवाकोटको ‘घ्याङस्वारा अर्ग्यानिक चिया’को मूल्य प्रतिकिलो ६ हजार

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले उत्पादन गरेको चियाको मूल्य प्रतिकिलो रु छ हजार निर्धारण गरिएको छ । पञ्चकन्या–४ घ्याङस्वारास्थित बाँझो जग्गालाई कृषियोग्य बनाई लगाएको चियाको गुणस्तर परीक्षणमा ‘उत्कृष्ट’ प्राप्त भएसँगै तयारी चियाको शुल्क तोकिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐनअन्तर्गत बनाइएको ‘घ्याङस्वारा अर्ग्यानिक चिया उत्पादन, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ, […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौं । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासङ्घ र ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लबबीच समझदारी भएको छ । मस्कटस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विशेषकुमार साहको उपस्थितिमा शुक्रबार आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र क्लबका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन। महासङ्घकाअनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना […]

ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ । नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी […]