आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्यबारे चर्चा हुनुका साथै क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकासको विषयमा कुराकानी भएको बताइएको छ । सो क्रममा […]

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ता र सेवा प्रवाहमार्फत रु दुई करोड ४१ लाख ६१ हजार १५० राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार गत आर्थिक वर्षमा कार्यालयमा ५८६ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा […]

अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट

काठमाडौं । अमेरिका र इरानबिचको लडाइँ अस्थायी रूपमा रोकिएपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। यो गिरावट अप्रिल ८ यताकै सबैभन्दा ठुलो मानिएको छ। विश्व बजारको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको वायदा मूल्य ११.३ प्रतिशतले घटेर प्रतिव्यारेल ८५.८७ अमेरिकी डलरमा बन्द भयो। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

‘नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि बोर्डले काम गर्नुपर्छ’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि नेपाल धितोपत्र बोर्डले काम गर्नुपर्ने बताएको छ। सोमबार नेपाल धितोपत्र बोर्डको स्थलगत निरीक्षणका लागि पुग्नुएका उनले यस्तो धारणा राखेको हो। सो क्रममा उनले बोर्ड नेतृत्वलाई उच्च नैतिकतासहित पूँजीबजार विकासको कार्य अघि बढाउन निर्देशन दिए। ‘नयाँ अध्यक्ष नियुक्त भएपछि बोर्डले दीर्घकालीन उद्देश्यसहित अघि […]

दीपक भट्टको निवेदनमा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

काठमाडौं। बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले दायर गरेको निवेदनमाथि सर्वोच्च अदालतले उच्च अदालत पाटन र विशेष अदालतसँग कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार र कारणसहितको प्रतिवेदन पेश गर्न दुवै अदालतलाई आदेश दिएको हो। भट्टले आफूलाई […]

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुको भौतिक तथा डिजिटल माध्यमबाट बिक्री वितरण भइरहेको गुनासो प्राप्त भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित सबै पक्षलाई चेतावनी दिएको छ। विभागले आज सूचना जारी गर्दै निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत निकासी वा पैठारीमा पूर्ण वा परिमाणात्मक […]

दुध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

कास्की । आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच करोड ५८ लाख रकम प्राप्त गरेका छन् । गण्डकी प्रदेशले उक्त रकम प्रोत्साहनका रुपमा प्रदान गरेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । मापदण्डअनुसार छनोट भएका दुग्ध सहकारीमार्फत किसानलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने गरिएको मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत […]

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

काठमाडौं । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ। उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने चिन्ता बढ्दै गएको भन्दै किसानहरूले सरकारसँग तत्काल उत्पादनमैत्री नीति ल्याउन माग गरेका छन्। विद्युत् महसुलमा वृद्धि, माछाको दाना, औषधि तथा श्रम खर्च महँगिँदै जानु, प्रभावकारी बजार व्यवस्थापनको अभाव र भारतबाट हुने अवैध एवम् सस्तो आयातित […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज डलरको मूल्य स्थिर रहेको छ भने युरो घट्दा पाउण्डको मूल्य बढ्यो छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर […]