राजस्व संकलन बढाउन गैरकर राजस्वसम्बन्धी ‘छाता ऐन’ ल्याउँदै सरकार, चालू आवमा १ खर्ब ७७ अर्ब गैरकर उठाउने लक्ष्य

काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालनलाई सुदृढ बनाउने र गैरकर राजस्वको हिस्सा उल्लेख्य रूपमा बढाउने उद्देश्यसहित ‘गैरकर राजस्वसम्बन्धी छाता ऐन’ निर्माण प्रक्रिया अघि बढाएको छ। विभिन्न कानुनमा छरिएर रहेका गैरकर राजस्वसम्बन्धी व्यवस्थालाई एकीकृत गर्दै संकलन प्रणालीलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने लक्ष्यका साथ अर्थ मन्त्रालयले नयाँ कानुनको तयारी थालेको हो। चालू आर्थिक वर्ष २०८३र८४ को […]

यस्तो छ बुधबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा रहेको थियो । युरोपियन […]

बजारमा ग्याँसको अभाव नभएको आयल निगमको दाबी बास्तबिकता फरक

काठमाडौं । नेपाल आयल निगमले बजारमा एलपी ग्याँसको अभाव नरहेको र आपूर्तिको अवस्था सहज रहेको  दाबी गरेको छ  । आयल निगमले आज एक बिज्ञप्ती जारी गरेर सो कुराको जानकारी दिएको हो । निगमका अनुसार विभिन्न सञ्चार माध्यममा ग्याँस अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निगमले सर्वसाधारणलाई अनावश्यक रूपमा ग्याँस खरिद गरी भण्डारण नगर्न […]

सरकार र बैंकिङ क्षेत्र नियामक र नियमित निकाय नभइ साझा राष्ट्रिय जिम्मेवारी पुरा गर्ने सारथी – अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइन; साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको बताएका छन। मन्त्री वाग्लेले  आज नेपालका बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बजेट क्रियान्वयन र लगानी बिस्तार, आर्थिक वृद्धि, , रोजगारी सिर्जना र वित्तीय स्थायित्व कसरी गर्न सकिन्छ भनि गरेको छलफल मा सो कुर ब्यक्त गरेका […]

 सीईओ अमनिश तुलाधर “सिइओ अफ द इयर” अवार्डबाट सम्मानित

काठमाडौं ।नेपाल लिकर्स प्रा. लि. आफ्ना प्रमुख कार्यकारी अधिकृत  (सीईओ) अमनिश बिर सिंह तुलाधर सिङ्गापुरमा सम्पन्न “एशिया बिजनेश लिडर्स अवार्ड्स” मा प्रतिष्ठित “सिइओ अफ द इयर” अवार्डबाट सम्मानित भएका छन् । यो सफलता नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर […]

टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की

काठमाडौं । सांसद प्रकाश सिंह कार्कीले टेकुबाट मात्रै ग्यास बिक्री–वितरण गरेर उपभोक्ताको समस्या समाधान नहुने बताएका छन्। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले भक्तपुर, कीर्तिपुरलगायत विभिन्न स्थानका उपभोक्तालाई टेकुसम्म पुगेर ग्यास लिन व्यावहारिक रूपमा कठिन हुने बताए। उनले भने, “टेकुमा ग्यास बाँडेर हुन्छ ? भक्तपुर, कीर्तिपुर कुना–कुनाका मान्छे कसरी […]

दोस्रो त्रैमासमा साउदी अरामकोको नाफा ४४ प्रतिशतले बढ्यो

काठमाडौं । स्ट्रेट अफ होर्मुज  र बाब अल-मन्देव  जलडमरूमध्यमा अवरोधका बाबजुद साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले वर्षको दोस्रो त्रैमासमा ४४ प्रतिशत नाफा कमाएको छ। प्रशोधित तथा रासायनिक उत्पादनका साथै प्रशोधन नगरिएको तेल (क्रुड ओयल) को मूल्यमा भएको वृद्धिका कारण कम्पनीले अप्रिलदेखि जुनसम्मको अवधिमा ३२.६९ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ। तथापि, गत […]

को-को परे आयल निगमको कार्यकारी निर्देशकको संक्षिप्त सूचीमा ?

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रियामा तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरिएको छ। कार्यकारी निर्देशक छनोटका लागि गठित सिफारिस समितिले मूल्याङ्कनका आधारमा सर्वाधिक अंक प्राप्त गरेका तीन उम्मेदवारको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो। समितिले साउन १७ गते सम्पन्न कार्यसम्पादन योजना प्रस्तुति, अन्तर्वार्ता तथा समग्र मूल्याङ्कनका आधारमा धनुषाका […]

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्डको मूल्यमा गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ […]

करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक

काठमाडौं । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या सोमबारसम्म करिब ११ लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार सोमबार मध्याह्न १२ बजेसम्म यस्तो उपभोक्ता कारोबार संख्या १० लाख ८२ हजार ६२२ पुगेको छ। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी अपलोड गरिएको बिल संख्यासमेत समावेश छ। उपहार घोषणा हुनुअघिसम्म नगद कारोबारमा […]