सेयर बजार र घरजग्गा कारोबार चलायमान बनाउन आवश्यकः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र आर्थिक क्षेत्र चलायमान बनाउनका लागि पुँजी बजार र सम्पत्ति (घरजग्गा) बजारलाई थप चलायमान बनाइन आवश्यक रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयमा छलफल तथा संवाद’ कार्यक्रममा उनले आर्थिक गतिविधि बिस्तारका लागि दुवै बजारको सक्रियता अनिवार्य भएको बताए। अर्थमन्त्री खनालका अनुसार घरजग्गा […]

शिवम् सिमेन्टको नाफा साढे १६ गुणाले बढ्यो

काठमाडौं ।  शिवम् सिमेन्टको नाफा १६.५० गुणले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ९६ लाख नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २७ लाख नाफा कमाएको थियो । बिक्री आम्दानी बढेकोले कम्पनीको नाफा बढेको हो । कम्पनीको गत आवको पहिलो त्रैमासमा बिक्री आम्दानी […]

बैंकिङ प्रणालीमा अधिक तरलता ५० अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आज आइतबार  ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ८५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले उद्यमी, व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा एवम् छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले महासंघले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि निरन्तर लागि परेको बताएका हुन् […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

वाणिज्यको अनुगमनमा उद्योगलाई तिरायो २ लाख बढी जरिबाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फर्मको अनुगमनका क्रममा कैफियत भेटिएकालाई ३ दिनमा २ लाख ३१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र बिहीबार गरी ३ दिन ३७ उद्योग तथा फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ३ दिनमा ८ उद्योगलाई उक्त जरिबाना तिराइएको […]

बहुमूल्य धातुको कारोबारमा कडाइ

काठमाडौं । आन्तरिक राजस्व विभागले बहुमूल्य धातु तथा वस्तुको कारोबारमा स्वच्छता र पारदर्शिता कायम गर्न नयाँ निर्देशन जारी गर्दै कारोबारमा कडाइ गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने उद्देश्यले यस्तो निर्देशन जारी गरेको हो । सरकारले बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन अनुसार यस्तो […]

विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता तथा अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई थप प्रभावकारी बनाउन ‘फोकल युनिट’ स्थापना गरेको छ । मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा अन्तर्गत स्थापना गरिएको उक्त युनिटले विदेशी लगानीका विषयमा अन्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय सुदृढ गर्ने जिम्मेवारी पाउनेछ । अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, विदेशी लगानीकर्ताका लागि […]

यस्तो छ आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

मौद्रिक र वित्तीय नीति बनेको छ, समस्या हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले विगतको तुलनामा यसवर्षको मौद्रिक र वित्तीय नीतिलाई सबैको सुझाव अनुसार अगाडि बढाइएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित सुरुवातः नेपाल विकास अपडेट कार्यक्रममा उनले विगतमा मौद्रिक र वित्तीय नीतिबीच प्रायः द्वन्द्व हुने भन्दै यस पटक सबैको सामूहिक प्रयासमा निजी क्षेत्रको विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेको बताए। उनले भने, ‘विगतमा मौद्रिक […]