कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी । मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबिचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरुद्ध भएपछि नेपाली व्यापारीहरूले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न थालेका हुन् । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६५ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको […]

अर्थतन्त्र पुनरुत्थानमा निजी क्षेत्रको साथ

काठमाडौं । अर्थतन्त्रको पुनर्निर्माण, नवनिर्माण र पुनरुत्थानमा निजी क्षेत्रले सरकारसँग हरदम सहकार्य गर्ने जनाएको छ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसंग मंगलवार अर्थमन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिबद्धता जनाएका हुन् । हालैको आन्दोलनका क्रममा भएको क्षतिको आंकलन गरी पुनर्निर्माणका लागि सरकारले कोषसमेत खडा गरिसकेको छ। ‘हामी आफैँले पनि क्षति व्यहोरेका छौँ’, नेपाल उद्योग […]

विश्व बजारमा सुनको भाउ हालसम्मकै उच्च, २५ देशसँगै करिब ३० हजार टन सुन सञ्चितमा, कुन देशसँग कति ?

काठमाडौं । विश्व बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार ६९५ डलर (करिब ४ हजार)मा कारोबार हुँदैछ । यो हालसम्मकै उच्च हो । त्यसैगरी चाँदीको भाउमा पनि वृद्धि कायमै छ । चाँदीको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा छ । विश्व बजारमा चाँदीको भाउ प्रतिऔंस ४२.७२ डलरमा कारोबार हुँदैछ । नेपाली बजारमा पनि सुन र चाँदीको भाउमा […]

अर्थमन्त्री रामेश्वर खनाल र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल

काठमाडौं । भदौ २३ र २४ गते भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग अर्थमन्त्री रामेश्वर खनालले मंगलबार (भदौ ३१ गते) अर्थ मन्त्रालयमा छलफल/ अन्तर्क्रिया गरेका छन् । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कर्मश, नेपाल […]

आगामी कार्यदिशाका लागि बजेट स्रोत खोज्न अर्थले बनायो कार्यदल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार अर्थात् अर्थ मन्त्रालयले आगामी कार्यदिशाका लागि बजेट स्रोत खोज्न कार्यदल निर्माण गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा मन्त्रालय अन्तर्गत बजेट तथा […]

आजको विदेशी विनिमयदर : डलर र युरोको मूल्य घट्यो, पाउण्डको बढ्दा कुनदेशको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५५ पैसा रहेको थियो । त्यस्तै […]

विदेशी विनिमय सञ्चिति  ४.८ प्रतिशतले बढ्यो, १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनियम सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा असारको  तुलनामा ४.८ प्रतिशतले विदेशी विनियम सञ्चिति बढेको हो । २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा […]

साउन महिनामा चालु खाता ७८ अर्ब र शोधनान्तर स्थिति ८९ अर्बले बचतमा 

काठमाडौं । चालु आर्थिक वर्षका पहिलो महिना साउनमा चालु खाता ७८ अर्ब भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु खाता ७८ अर्ब १४ करोडले बचतमा रहेको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३३ अर्ब ८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले […]

साउन महिनामा पौने २ अर्ब बढी रेमिट्यान्स भित्रियो 

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा पौने २ खर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति अनुसार चालु आवको साउन महिनामा वैदेशिक रोजगारीमा गएकाहरुले १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल पठाएका हुन् । यो रकम गत आर्थिक वर्षको साउन महिनाको तुलनामा २९.९ प्रतिशत धेरै हो।गत […]