मंसिरमा ८२ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, राजस्वमा पनि वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२\८३ मंसिरमा घरजग्गा कारोबारमा बृद्धि भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । चालु आवको ४ महिनामा सबै भन्दा धेरै घरजग्गा कारोबार मंसिरमा भएको छ । मंसिरमा मात्र देशभर ५१ हजार ६३२ वटा घरजग्गा कारोबार भएको । यो संख्या कात्तिक  महिनाको तुलनामा ८१.९१ प्रतिशतले बढेको हो । गत महिना २८ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा रहेको थियो । आज युरोपियन […]

पाँच महिनामा आयो साढे ३८ अर्ब एफडीआई प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले साढे ३८ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता गरेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मंसिरमसान्तसम्म) मा विदेशी लगानी प्रतिबद्धता (एफडीआई) स्वरूप ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्ग गरी दुईवटा मार्गबाट आएका […]

नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच Strengthening Public Finance Management and Devolved service Delivery Program को Subprogram 2 लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण (Policy Based Loan) सहायता उपलब्ध […]

अमेरिकी डलरको मूल्य बढ्ने क्रम जारी, कुनदेशको विनिमयदर कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य थप बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर […]

डीडीए गर्न लागिएको ३ वटा सार्वजनिक संस्थानको परामर्शदाता छनौटमा ढिलाई

काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका चार रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकन (डीडीए) गर्न तयार गरे पनि परामर्शदाता छनौट गर्न सकेको छैन । मन्त्रालयले गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका लागि परामर्शदाता छनौट गर्न नसकेको हो । मन्त्रालयले जनकपुर चुरोट कारखाना लिमिटेड, बुटवल धागो कारखाना, […]

योजनाआयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ  ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज आयोजित एक कार्यक्रमबीच उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ लिएका हुन भने त्यसलगत्तै  उपाध्यक्ष श्रेष्ठले  नव नियुक्त  आयोग  सदस्य  सुनीति श्रेष्ठ (हाडा)लाई  प्रधानमन्त्रीको उपस्थितिमा  सपथ गराएका हुन् । कार्यक्रममा योजना आयोगका सदस्य […]

क्षतिग्रस्त सरकारी संरचनाको पुनर्निर्माणका लागि बनेको कोषमा १-१ रुपैयाँका दरले सहायता संकलन हुँदै, ७ संस्थाले दिए १ करोड माथि

काठमाडौं । सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा हालसम्म ११ करोड ८७ लाख २ हजार ४३८ रुपैयाँ सहायता प्राप्त भएको छ । ४०३ वटा संस्था/व्यक्तिबाट उक्त रकम बराबरको सहायता प्राप्त भएको भौतिक पूर्वाधार पुनर्निर्माण समितिले जनाएको छ । भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा व्यापक आगजनी र […]

इलाममा पर्यटन प्रवर्द्धनका लागि ‘पदयात्रा’

फिक्कल। नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका […]

सवा १४ अर्ब बढी मूल्यका सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं । सरकारले सवा १४ अर्ब बढी मूल्यका सिँचाइका २२ रुग्ण ठेक्का तोडेको छ । सरकारले ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षैदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडेको हो । ठेक्का तोडिएका आयोजनाहरूको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत […]