पेट्रोलियम पदार्थ आयातबाट वीरगञ्ज भन्सारले ११ महिनामा उठायो ७३ अर्ब राजस्व

वीरगञ्ज (पर्सा) ।वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ७३ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्न १ खर्ब ७४ अर्ब ९ करोड रकम खर्चिएको छ । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० […]

हेटौंडा उपमहानगरको बजेट करिब ३ अर्ब

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार बसेको नगरसभामा बजेट प्रस्तुत गर्दै उपमहानगरले आन्तरिक स्रोत र विभिन्न सरकारबाट प्राप्त हुने रकममार्फत खर्च व्यवस्थापन गरिने जनाएको छ। बजेटको प्रमुख आयस्रोतमा आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ र राजस्व […]

नेपाल–दक्षिण अफ्रिका साझेदारी सुदृढ गर्न महासंघको सक्रियता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो. अनिल सुकलालसँग मंगलबार भेटवार्ता गरेका छन् । महासंघ सचिवालयमा भएको उक्त भेटवार्तामा उनले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताहरूका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीहरूलाई नेपालमा लगानी प्रवद्र्धन गर्न सहयोग […]

नयाँ बसपार्क बाहिरबाटै चल्छन् धादिङ, नुवाकोट र रसुवाका बस

काठमाडौं । नुवाकोट, रसुवा र धादिङ चल्ने सार्वजनिक सवारीसाधन नयाँ बसपार्क बाहिरबाटै चल्ने गरेका छन् । काठमाडौं महानगरपालिका–२६ गोँगबुमा १६१ रोपनी क्षेत्रफलमा नेपालको राष्ट्रिय बसपार्क सञ्चालन भए पनि नुवाकोट, रसुवा तथा धादिङ चल्ने सवारी साधन भने नयाँबसपार्क नजिकै रहेको माछापोखरी र बालाजुको सडकबाट चल्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित […]

विराटनगर महानगरको बजेट ४ अर्ब ४० करोड

काठमाडौं ।  विराटनगर महानगरपालिकाले ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । महानगरको १६ औ नगर सभामा उप प्रमुख शिल्पा कार्कीले आर्थिक वर्ष २०८२ /८३ का लागि सो बजेट प्रस्तुत गरेकी हुन् । महानगरले प्रस्तुत गरेको बजेटमा समानीकरण अनुदान सङ्घ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ […]

आज अन्य सबै स्थानीय तहले बजेट ल्याउँदै, काठमाडौँ महानगर अझैँ अन्योलमा

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाबमोजिम हरेक वर्ष असार १० गतेभित्र अनिवार्य बजेट ल्याइसक्नुपर्ने प्रावधानअनुसार आज सबै स्थानीय तहले बजेट ल्याउँदैछन् । ७५३ पालिकामध्ये ४० पालिकाले सोमबारसम्म बजेट सार्वजनिक गरिसकेका छन् । बाँकी ७१३ मध्ये ७१२ पालिकाले आज बजेट ल्याउने तयारी गरेका छन् । असार […]

दैलेखमा ४३० अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रक्षेपण, ५० वर्षसम्म पुग्ने

काठमाडौं । नेपालले ऊर्जा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । दैलेखको जलजले क्षेत्रमा चिनियाँ प्राविधिक टोलीको लामो अध्ययनपछि प्राप्त प्रारम्भिक प्रतिवेदनमा ११२ अर्ब घनमिटर बराबरको मिथेन ग्यास ९प्राकृतिक ग्यास० भण्डार रहेको तथ्य सार्वजनिक भएको छ । उक्त क्षेत्रमा गरिएको अध्ययनको प्रारम्भिक प्रतिवेदन चिनियाँ टोलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई असार ५ गते बुझाएसँगै उक्त […]

धानखेतीको तालिका बदलिँदै, अब जेठमै पाक्छ धान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन्। अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन् । डेढ बिघा खेतमा उनले ‘चैते–५’ जातको धान रोपेका छन् । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बीउ, […]

५ निर्माण कम्पनीलाई कालो सूचीमा राखिने

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कार्यालयले लिखित स्पष्टीकरण सोधेको छ। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई नियमानुसार सात दिनभित्रमा लिखित स्पष्टीकरण पेस गर्न […]

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस् बीच सहकार्य आवश्यक: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन) बिच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् । परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौँको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापार–अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रियात्मक कार्यशालामा बोल्दै […]