सरकारले निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गर्नेछ: प्रधानमन्त्री ओली

काठमाडौं ।  निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले छन्  । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघसंगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना बिकास सम्भव नभएको वताउनुहुँदै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन् । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित भेटमा प्रधानमन्त्री […]

महासंघ प्रतिनिधि र अर्थमन्त्रीबीच भेट, निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अघि बढाउने प्रतिवद्धता

काठमाडौं ।  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अघि बढाउने बताएका छन् । नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई दिन अर्थ मन्त्रालय पुगेका नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधि मण्डललाई  बताएका हुन् । महासंघका संयोजक भागिरथ सापकोटाको नेतृत्वमा अर्थमन्त्रालय पुगेका व्यवसायीक टोलीलाई अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको निजी क्षेत्रको […]

सहकारी छानबिन समितिले गर्‍यो पूर्वसचिवसँग छलफल

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ । समितिले पूर्वमहालेखापरीक्षकतथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा। दामोदर रेग्मीसँग छलफल गरेको हो । ‘सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकटलगायत विभिन्न संरचनाहरूको स्थापना लगायत संरचनाहरूको कानुनी एवं व्यवहारिक अभ्यास […]

निराशाजनक राजस्व संकलन र पूँजीगत खर्चले सकियो आर्थिक वर्ष

काठमाडौं । राजनीति अस्थिरता, कमजोर कर्मचारी प्रणालीले गर्दा एक आर्थिक वर्षको लागि विनियोजन गरिएको सरकारी आम्दानी र खर्च सहज रुपमा हुने गरेको पाइदैन भने सोहि नियति गत आर्थिक वर्षमा पनि दोहोरियो । गत आर्थिक वर्षमा पनि राजस्व संकलन र पूँजीगत खर्च कमजोर रहन पुग्यो जसले गर्दा सरकारी वित्त घाटामा रहन पुग्यो । महालेखा नियन्त्रक कार्यालयको […]

आयकर ऐनको दफा ५७ संशोधन, तर स्टार्ट, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डको सुविधा यथावत

काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले प्रस्ताव गरेको आयकर एनेको दफ ५७ मा थप्न खोजेको प्रतिबन्धात्मक व्यवस्था संशोधन भएको छ। पुनले दफा ५७(१) मा प्रतिबन्धात्मक वाक्यांश थप गरी ‘तर, साबिकका सेयरवाला तथा साझेदारको सेयर संख्या र पुँजी यथावत रही नयाँ सेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुनेछैन’ भन्ने प्रस्ताव […]

११ महिनामा नेपाल भित्रियो ४१ अर्बको औषधी, यी हुन् नेपालमा आयात हुने शीर्ष ५ वस्तु

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालमा आयात हुने वस्तु थोरैले घटेको छ। चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ५३ अर्ब ७० करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ छ। राष्ट्र बैंकको तथ्यांकका आधारमा गत आवको सोही अवधिको तुलनामा नेपालमा आयात हुने वस्तु १.८ प्रतिशतले […]

सेयर बजारलाई अर्थतन्त्रको ऐना मानेर अघि बढ्छौंः नवनियुक्त अर्थमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरेर सन्तुलित ढंगले अघि बढ्ने बताएका छन् । उपप्रधानसहित अर्थमन्त्रीमा नियुक्ति भएका पौडेलले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पथ तथा गोपनीयताको सपथग्रहण गरेपछि पदभार सम्हाल्न मन्त्रालय पुगेका पौडेलले यस्तो बताएका हुन् । नेकपा एमाले र कांग्रेसको गठबन्धनमा नयाँ सरकार भन्ने अवस्था निर्माण हुँदा सेयर […]

अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा सीएनआई युवा उद्यमी मन्चको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका बिषयमा छलफल गरेको छ। शुक्रबार मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गर सँग नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अर्गानिक कृषिका फाईदाहरुका विषयमा छलफल गरेको हो । सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमीत बर्षाका बावजुद आफ्नै […]

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १ खर्ब ३९ अर्ब २६ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै मूल्यको जस्ता पाता निर्यात भएको छ। कुल निर्यातमध्ये १० अर्ब ६ करोड १० लाख रुपैयाँ बराबरको जस्ता पाता निर्यात भएको छ। यो कुल निर्यातको ७.७ प्रतिशत […]

आईएमएफले नेपाललाई साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा निकासा गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५० करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । आईएमएफल विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तरगत उत्त रकम स्वीकृत गरेको हो । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय […]