दिगो भविष्यको लागि इएसजी अपरिहार्यः महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष ढकालले इएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्य तर्फको अनिवार्य बाटो […]

बजेट भन्दा माथि मुलुकको वैदेशिक व्यापार, करिब १९ खर्ब नजिक

काठमाडौं । मुलुकको कुल वैदेशिक व्यापार १९ खर्ब नजिक पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव)को ११ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । विभागले सार्वजनिक गरेको चालु आवको साउनदेखि जेठसम्मको तथ्यांक अनुसार कुल वैदेशिक व्यापार १८.८० प्रतिशतले वृद्धि भएको छ। जुन अघिल्लो वर्षको […]

मूल्य वृद्धि बढेसँगै जापानमा चामलको मूल्य दोब्बर

काठमाडौं । मे महिनाको १२ महिनामा जापानमा चामलको मूल्य दोब्बर भएको तथ्याङ्कले शुक्रबार देखाएको छ । मुद्रास्फीतिमा भएको तीव्रताले प्रधानमन्त्री सिगेरु इशिबामाथि अर्को महिनाको प्रमुख चुनावअघि नयाँ दबाब खडा गरेको छ । अक्टोबरमा उनले पदभार सम्हालेपछि उनको प्रशासनका लागि सार्वजनिक समर्थन सबैभन्दा तल्लो तहमा झरेका कारण आंशिक रूपमा जीवनयापनको लागतमा निराश भएपछि संसद्को माथिल्लो सदनका लागि […]

एलडिसी स्तरोन्नतिबाट सिर्जित अवसरको क्षेत्र पहिचान र दिगो व्यवस्थापनमा लाग्न आग्रह

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासशील मुलुकमा नेपालको स्तरोन्नतिबाट सिर्जना हुने अवसरका क्षेत्र पहिचान र तिनको दिगो व्यवस्थापनका लागि कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा लाग्न राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयलाई आग्रह गरेका छन् । आयोगले आज आयोजना गरेको ‘अतिकम विकसित मुलुकको समूहबाट विकासशील समूहमा स्तरोन्नतिः चुनौती र आगामी योजना’ विषय राष्ट्रिय कार्यशालालाई सम्बोधन […]

दैलेखको जलजलेमा  एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको विशाल भण्डारण 

काठमाडौं । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य […]

अमेरिकी दूतावसले भन्यो, ‘नेपालमा एमसीसी कार्यान्वयनमै’

काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा निरन्तरता पाउने भएको छ । दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी विदेशी सहायता कम्तिमा ९० दिनका लागि रोक्का गर्ने आदेश दिएका छन् । उक्त आदेशसँगै अमेरिकी अन्य सहायतासँगै एमसीसी परियोजना पनि रोकिएको थियो । असार ४ गते नेपाल स्थित अमेरिकी दूतावासले […]

सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब पुग्यो

काठमाडौं । पछिल्लो समय मुलुकको सार्वजनिक ऋण करिब सवा दुई खर्बले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष ११ (वैशाखसमसान्तसम्म) महिनामा मुलुकको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड पुगेको छ ।  पछिल्लो ११ महिनामा सार्वजनिक ऋण दुई खर्ब २० अर्ब ५८ करोड रुपैयाँ थप हुँदा उक्त मात्रामा सार्वजनिक ऋण […]

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको: ध्यानाकर्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष निलकण्ठ चौलागा“ई सहितको चेम्बर पदाधिकारी र अन्य व्यवसायी टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो […]

पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट पौन २१ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय (हेर्नुहोस् सम्पूर्ण निर्णय)

काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रमको लागि विश्व बैंकबाट  २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्न अर्थ मन्त्रालयलाई अधिकार दिएको हो । त्यस्तै बैठकले […]

ड्यालसमा महावाणिज्य दूतावास सञ्चालन प्रक्रियाअघि बढ्यो

टेक्सास राज्यको ड्यालस सहर काठमाडौं । नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालस सहरमा स्थापना गर्न लागेको महावाणिज्य दूतावास कार्यालय सञ्चालनका लागि आवश्यक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । ड्यालसका लागि नेपाल सरकारद्वारा सहसचिव तथा महावाणिज्यदूतको जिम्मेवारीमा नियुक्त भएका सुरेश अधिकारीले कार्यालय स्थापनाका लागि प्रक्रिया अघि बढिसकेको जानकारी दिए । नेपाली समाज टेक्सासद्वारा मङ्गलबार ड्यालसमा […]