“बजेट निजी क्षेत्रमैत्री र सकारात्मक छ” – पूर्वमुख्य सचिव डा. अर्याल

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट निजी क्षेत्रका लागि सकारात्मक रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा बजेटमाथि टिप्पणी गर्दै उनले सरकारले वार्षिक बजेटमै निजी क्षेत्रलाई सम्वाहकका रुपमा उल्लेख गरेको बताए । […]

संघले प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब वित्तीय अुनदान दिने (पूर्ण विवरण सहित)

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई आगामी आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ। संघले संवैधानिक प्रावधान अनुरुप अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विभिन्न शीर्षकमा उक्त अनुदान रकम वितरण गर्न लागेको हो । संघले उक्त अनुदान रकम आगामी आवको बजेटमार्फत् विनियोजन गरेको हो । आगामी आर्थिक वर्षको लागि […]

विद्युत् र सिँचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ । विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिँचाई सेवामा सुधार गरी कृषि […]

अर्थमन्त्री पौडेल र आईएमएफ मिसन प्रमुखबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ । विस्तारित कर्जा सुविधाअन्तर्गत छैटौँ समीक्षाका लागि आईएमएफको टोली नेपाल आएको छ । सोही अवसरमा अर्थमन्त्री पौडेलसँग भेटवार्ता भएको हो । सो अवसरमा अर्थमन्त्री पौडेल र मिसन प्रमुख जहानबीच छैटौँ समीक्षा, संरचनागत सुधार लगायतका विषयमा […]

विदेशी मदिराको भन्सार दर, टाइपिङ मिस्टेक भन्दै पछि हट्यो सरकार

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत विदेशी मदिरामा भन्सार महसुलका दर परिवर्तन गरेको सरकार ‘टाइपिङ मिस्टेक’ भन्दै पछाडि हटेको छ। उद्योगीहरूको व्यापक असन्तोषपछि सरकारले एकैदिनमा विदेशी मदिराको आयातमा लगाइने भन्सार महसुल पुनः संशोधन गर्दै साविककै दर पुनः लागू गरेको हो। बजेट भाषणसँगै सार्वजनिक आर्थिक विधेयकमा सबै प्रकारका विदेशी मदिरामा मूल्यको आधारमा ८० देखि १०० […]

बजेट सकारात्मकः निकासी पैठारी संघ

काठमाडौं ।  नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सकारात्मक रुपमा लिएको छ । बजेट र यससँगै आउने आर्थिक अध्यादेशमार्फत निजी क्षेत्रको चासोका थुप्रै विषयलाई सम्बोधन गरिनु र निजी क्षेत्रलाई अर्थतन्त्रको चालक शक्तिको रुपमा स्वीकार गरेर सहकार्य गर्ने घोषणा गर्नुलाई यस संघले सकारात्मक सोचको रुपमा लिएको छ । आगामी आवको बजेटमार्फत […]

जुम्लाका किसानलाई मार्सी धान रोप्न भ्याइनभ्याई

जुम्ला । यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले बताए । जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि […]

लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत आवश्यक छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत आवश्यक रहेको बताएका छन् ।   आगामी आर्थिक बर्ष २०८२/८२ का लागि गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ स्रोत जुटाउने लक्ष्य लिएको छ । त्यो बराबरको राजस्व उठाउन चुनौती […]

व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा फिर्ता

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर काल भैरबको मूर्ति स्थापना गरिएको छ । यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७ नं कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरी विभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको थाहा पाएपछि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी […]

६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् । शनिवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले सरकारले ल्याएको बजेट सकारात्मक रहेको प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक रूपमा हुने […]