पर्यटन बोर्डको बजेट २२ करोड घट्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो २२ करोडले कम हो । गत आर्थिक वर्ष बोर्डले १ अर्ब ८२ करोडको बजेट ल्याएको थियो । बोर्डले कुल बजेटको ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्च गर्ने […]

घरजग्गाबाट गत आर्थिक वर्षमा सरकारलाई ५१ अर्ब ४२ करोड राजस्व

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारबाट ५१ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । देशभरका मालपोत कार्यालयहरूले यो उल्लेख्य राजस्व संकलन गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मन्त्रालय र मातहतका निकायमार्फत गत वर्ष महत्त्वपूर्ण कामहरू भएको जानकारी दिएका छन्। गत वर्ष भूमिसम्बन्धी विभिन्न क्षेत्रमा उल्लेख्य […]

नेपाल–कोरिया सरकारबिच ८० लाख डलरको अनुदान सम्झौता

काठमाडौं । नेपाल र दक्षिण कोरिया सरकारले बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजनाका लागि ८० लाख अमेरिकी डलर (झन्डै १ अर्ब ९ करोड रुपैयाँ) बराबरको अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । परियोजनाको कार्यान्वयन अवधि सन् २०२९ डिसेम्बरसम्म तोकिएको छ। कोरिया सरकारको तर्फबाट परियोजना कार्यान्वयन गर्ने निकाय कोरियन अन्तर्राष्ट्रिय सहयोग संस्था हुनेछ भने नेपाल सरकारको तर्फबाट […]

सरकारको आय-व्ययः बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो । गत आवका लागि सरकारले रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो । असार समान्तसम्ममा रू १५ खर्ब […]

साउन १ गते देखि श्रमिकको न्यूनतम तलब १९ हजार ५५० लागु

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्‍याएको छ। सरकार, रोजगारदाता र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि चिया बगान बाहेकका सबै क्षेत्रमा कार्यरत श्रमिकका लागि यो न्यूनतम पारिश्रमिक दर निर्धारण गरिएको हो। नयाँ दर साउन १ गतेदेखि नै लागू भइसकेको छ। अबदेखि श्रमिकको न्यूनतम पारिश्रमिकमध्ये १२ हजार १७० रुपैयाँ आधारभूत […]

वायुसेवा निगमद्वारा ५३ करोड ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असार मसान्तसम्म्को ऋणको किस्ता भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाज खरिदका लागि लिएको ऋणको किस्तावापत कूल ५३ करोड ९ लाख भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिए । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी […]

इटहरी उपमहानगरको भएन बजेट पारित

काठमाडौं । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेपछि नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सत्तापक्ष र प्रतिपक्षी दलबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा १६ औँ नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो। नगरप्रमुख हेमकर्ण पौडेलले नेकपा एमालेका कारण बजेट पारित हुन नसकेको आरोप लगाएका छन्। उनले सामाजिक […]

नयाँ आर्थिक वर्ष सुरुसँगै करिब पौने २० खर्बको बजेट आयो कार्यान्वयनमा

काठमाडौं । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । गत जेठ १५ मा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेट आजदेखि कार्यान्वयनमा आएको हो । अर्थ मन्त्रालयले यस आवमा बजेट कार्यान्वयन मार्गदर्शन बनाइसकेको छ । आज साउन १ गते नै सबै मन्त्रालय, विभाग, निकायहरूलाई सर्कुलर गरेर बजेट कार्यान्वयनमा लैजाने अर्थमन्त्रालयले जनाएको छ । […]

विरोधका बीच सुनचाँदीमा दुई प्रतिशत विलासिता कर आयो कार्यान्वयनमा

काठमाडौं । सनुचाँदी व्यवसायीको विरोधका बीच चालु आर्थिक वर्षको सुरु अर्थात् बिहीबारदेखि सुन चाँदीको खरिद बिक्रीमा विलासिता कर कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको सुरुदेखि सरकारले आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको दुई प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो । यस्तो कर प्रत्येक कारोबारमा लाग्नेछ । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई […]

कर्मचारी सञ्चय कोषको आजदेखी नया ब्याजदर लागु

काठमाडौं । कर्मचारी सञ्चय कोषले आर्थिक बर्ष २०८२\०८३ को पहिलो दिन साउन १ गतेबाट लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । कोष सञ्चालक समितिले  २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण […]