आर्थिक विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित
काठमाडौं । प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। विधेयक बहुमतले पारित भएको हो। बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरुमाथि छलफल भएको थियो। संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता […]

