बन्द तथा रूग्ण उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले बन्द तथा रूग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने विगतकै कार्यक्रम दोहोर्याएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो नीति लिएको हो । सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सदनलाई सम्बोधन गर्दै निजी क्षेत्र प्रतिस्पर्धी भएका गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, हेटौंडा कपडा उद्योगलगायतका बन्द तथा रूग्ण अवस्थाका […]

साइट क्लियर नभएका विकास आयोजना अघि नबढाउने घोषणा

काठमाडौं । सरकारले तयारी पुरा नभएका र प्रतिफल सुनिश्चित नभएका आयोजनाको काम अघि नबढाउने भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिकमार्फत सरकारले साइट क्लियर नभएका विकास आयोजना अघि नबढाउने घोषणा गरेको हो । आयोजनाको प्रगतिका आधारमा त्यस्ता आयोजनाहरु स्थगन वा खारेजको नीति लिइने सरकारले बताएको छ । यस्तै स्थानीय आयोजनाको अनुगमनका लागि जिल्ला […]

गरिब जनतालाई विद्युतीय चुलो र ट्यूबेल निःशुल्क दिने सरकारको उद्घोष

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्ने घोषणा गरेको छ । आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित गरिब घर पहिचान गर्ने जानकारी गराएका हुन् । यसरी पहिचान गरिने गरिबलाई स्थानीय तहमार्फत निःशुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने […]

‘कृषिमा लगानी दशक’ घोषणा

काठमाडौं । सरकारले आगामी दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी एक दशकलाई कृषि लगानी दशक घोषणा गर्ने जानकारी गराएका हुन् । उनले हिउँदेबाली खेती, खाद्यान्न र तरकारीमा आत्मनिर्भर, कृषिजन्य वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने नीति सरकारले लिने जानकारी गराएका हुन् […]

नेपालको विद्युत् जडित क्षमता ३ हजार ९४० मेगावाट पुग्यो, ९८ प्रतिशतको घरमा बिजुली

काठमाडौं । नेपालमा हालसम्म ३ हजार ९४० मेगावाट विद्युत् उत्पादन पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी गराएका हुन् । ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।

सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले सहकारी संस्थालाई सुपरीवेक्षण र नियमनका लागि छुट्टै नियामक निकाय बनाउने घोषणा गरेको छ । सहकारी नीतिलाई समयानुकल बनाउँदै लैजाने भन्दै सरकारले सहकारी संस्थाको सुपरीवेक्षण र नियमनका लागि विशिष्ट खालको छुट्टै नियामक निकाय बनाउने घोषणा गरेको हो । सहकारी कर्जा सुरक्षण कोष, सहकारी कर्जा सूचना केन्द्र लगायतका संरचना स्थापना गरिने पनि सरकारले घोषणा […]

लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण गरिने

काठमाडौं ।सरकारले लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण गर्ने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लघुवित्तका ऋणीहरुको ऋणको पुर्नतालिकीकरण र पुर्नसंरचना गरिने घोषणा गरेका हुन् । बैंक तथा वित्तीय संस्थालाई सबल र आधुनिक बनाइने पनि उल्लेख गरिएको छ ।

१६औँ पञ्चवर्षीय योजनामा प्रस्तुत कार्यक्रम सफल बनाउने नीति लिने घोषणा

काठमाडौं । सरकारले १६औँ पञ्चवर्षीय योजनालाई सफल बनाउने गरि आगामी आर्थिक वर्षको बजेट तयार गरिने बताएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ पञ्चवर्षीय योजनामा प्रस्तुत गरिएका कार्यक्रमहरु सफल बनाउने नीति लिइएका घोषणा गरेका हुन् । आजको मन्त्रिपरिषद बैठकबाट १६औँ पञ्चवर्षीय योजना पारित गरेको छ ।

मन्त्रिपरिषद्‌ बैठकले परित गर्यो नीति तथा कार्यक्रम र १६औं पञ्चबर्षिय योजना

काठमाडौं । सरकारले आर्थिक बर्ष २०८१\०८२ को लागि आज संसदको संयुक्त सदनमा राष्ट्रपतिबाट पेश हुने  नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारको प्रबक्ता एंब सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको उनले जानकारी दिइन् ।

पुँजीगत खर्च बढाउने बजेट ल्याउन सरकारलाई सरोकारवालाको सुझाब

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यान्वयनमुखी बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अर्थसमितिको सोमबार सिंहदरबारमा भएको बैठकमा आयोगका अध्यक्ष बालानन्द पौडेलले खर्च प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरेका हुन् । उनले भने, “बजेट र खर्चको संरचनाबारे पनि छलफल गरिनुपर्छ । खर्च प्रभावकारितालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्दा कार्यान्वयनमुखी हुन्छ […]