आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

इलाम । दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक […]

रारा ताल क्षेत्रमा बन्ने ‘रारा रिसोर्ट’ को  शिलान्यास

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आउने भएको छ  रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानीमा बन्ने  रिसोर्ट मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ । रोसोर्टको सिलन्यास काठमाडौमा आयोजित एक समारोहका बीच  नेपाल सरकारका […]

अर्थ मन्त्रालयमा १४ सहसचिवको जिम्मेवारी हेरफेर (सूची सहित)

काठमाडौं । अर्थ मन्त्रालयले १४ जना सहसचिवको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख महेश भट्टराई भन्सार विभागको महानिर्देशक बनाइएको छ । प्रशासन महाशाख प्रमुख मदन दहाललाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरिएको छ । जिम्मेवारीको विवरण निम्नानुसार छ : नाम श्रेणी पद हालको कार्यालय सरुवा/पदस्थापन हुने प्रस्तावित निकाय […]

 सोह्र वर्षपछि मुआब्जा वितरण

काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको जग्गाको मुआब्जा वितरण गर्न थालिएको हो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार सर्वोच्च अदालतको आदेश अनुसार छ्याङकुटी–दिदिङ सडकखण्डको (२४.५ किलोमिटर) अन्तर्गत चार सय ५४ […]

भ्रष्टचारमा गत वर्षभन्दा एक स्थान तल झर्यो नेपाल, १०७ औं स्थानमा नेपाल

काठमाडौं । नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो । नेपालले १०० मा जम्मा ३४ अङ्क प्राप्त गरेको छ । गत वर्ष नेपालले यस्तो अङ्क ३५ पाएको थियो । अर्थात […]

पूर्वाधार र पर्यटकको पर्खाइमा सुनछहरा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् । प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सिमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए । […]

अघिल्लो आर्थिक बर्षमा कर्णाली प्रदेशले गर्यो, चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी

काठमाडौं । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०-८१ मा चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो । आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली […]

ठूला आयोजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त ऐन

काठमाडौं । सरकारले ठूला आयोजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त ऐन ल्याउने तयारी गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट अभावका कारण ठूला परियोजनाहरुको निर्माणमा देखिएको अवरोध अन्त्य गर्न वैकल्पिक विकास वित्त ऐन आवश्यक भएको बताएका हुन् । ‘पूर्वाधार विकास गर्न सरकारसँग स्रोत छैन । हालको आन्तरिक स्रोत, वैदेशिक ऋण र वैदेशिक अनुदानको […]

 ‘अर्थतन्त्र सुधारका लागि पहल जारी’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल गरिरहेको बताएका छन्  । उनले सार्वजनिक–निजी साझेदारी तथा निजी क्षेत्रको लगानीलाई प्रवद्र्धन गरिरहेको बताए । नेपाल व्यवस्थापन सङ्घको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरी रहेको बताएका हुन् । कार्यक्रममा पूर्वाधार […]

राष्ट्रिय गौरवका आयोजना घोषणको १२ वर्षः २७ मध्ये २ मात्रै सम्पन्न, सरकारको नजरमा ढिलाई हुनुका कारण यस्ता

काठमाडौं । पूर्वाधार विकासमा फड्को मार्ने उद्देश्यसहित सरकारले आर्थिक वर्ष २०६८/६९ मा पहिलोपटक १७ परियोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा वर्गीकरण गर्यो । हालसम्म आउँदा राष्ट्रिय गौरवका आयोजनामा २७ परियोजना सूचीकृत भइसकेका छन् । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको १२ वर्ष बितिसकेको छ । यस अवधिमा राष्ट्रिय गौरवका २ आयोजना मात्र सम्पन्न भएका छन् । यस […]