१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्र नाफा, १२१ सँग घाटा
काठमाडौं । हाल नेपालले १५२ देशसँग व्यापार गरिरहेको छ। १५२ मध्ये ३१ देशसँग मात्र व्यापार फाइदामा रहेको भन्सारको तथ्याङ्कले देखाएको छ। बाँकी १२१ देशसँग भने नेपालको व्यापार घाटामा रहेको छ। चालू आवमा नेपालको व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ पुगेको छ। सबैभन्दा बढी व्यापार घाटा छिमेकी राष्ट्र भारतसँग रहेको छ। […]

