चार कम्पनीको साधारणसभा आज, तीन कम्पनीले लाभांश बाँड्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चारवटा कम्पनीहरूको साधारणसभा आज बस्दैछ । आज नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सुपर मादी हाइड्रोपावर, आशा लघुवित्त र काबेली हाइड्रोपावरको साधारण सभा बस्दैछ । नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र २.१०५ प्रतिशत नगद (कर समेत) लाभांश र १ः१ को […]

नेपाल क्लियरिङ्ग हाउसको १४ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको १४ औँ वार्षिक साधारणसभा लाभांश प्रस्ताव पारित गर्दै सकिएको हो । साधारण सभाले १५ प्रतिशत बोनस सेयर र ०.७८९% नगद (कर प्रयोजन) सहित लाभांश प्रस्ताव पारित गरेको हो । बोन सेयर पछि कम्पनीकाु चुक्ता पुँजी १,४५८,५११,५०० हुनेछ । पुँजी वृद्धि […]

निरन्तर लाभांश दिंदै आएको नेप्सेबाट किन बाहिरिंदैछ सरकार ?

काठमाडौं । नेपाल सरकारले नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा रहेको सेयर स्वामित्व बिक्री गरेर बाहिरिने भएको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको सबै सेयर हिस्सा बिक्री गरेर बाहिरिने तयारी गरेको हो । यसका लागि प्रक्रिया  पनि थालिएको छ । नेप्से पुनर्संरचनाका लागि गठित सुझाव समितिले यसका लागि कामको थालनी सुरु गरिसकेको छ । नेप्सेका एक अधिकारीका […]

जेनजी समूह भन्दै घेराउ गरे धितोपत्र बोर्ड

काठमाडौं । बिहीबार नेपाल धितोपत्र बोर्ड (सेबोन) मा जेनजीका एक समूह घेराउ गर्न पुगेका छन्। बोर्ड घेराउ गर्न पुगेका युवाहरुले बोर्डका कर्मचारीहरुलाई धम्की समेत दिएका अधिकारीहरु बताउँछन् । अध्यक्ष सन्तोषनायण श्रेष्ठ र हालै आइपिओको अनुमति पाएको रिलायन्स स्पिनिङ मिल्सको विषयमा प्रश्न उठाउदै समूह कार्यालय प्रवेश गरेको बोर्डका एक अधिकारीले जानकारी दिए। करिब १० दिनअघि यही […]

१०.६६ अंकले घट्यो नेप्से, कारोबार रकम भने ५२ करोड ४१ लाख बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.६६ अंकले घटेको छ । सोसँगै  बजार २६१५.०३ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३२९ वटा कम्पनी ६४ हजार पटक कारोबार हुँदा १ करोड १२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । यस्तै,कारोबार रकम भने ४ अर्ब ५७ करोड ७८ लाख पुगेको छ । […]

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा हुँदै, नगद लाभांश पारित गर्ने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा २०८२ पुस २४ बिहिबार बिहान १०:०० बजे आम्रपालि बैट, भाटभटेनी, नक्साल, काठमाडौं मा हुने भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने ,आ.व.२०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव […]

रिज लाइन इनर्जीले पुस १३ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते अनुमति पाएको थिया े। […]

हिमालयन बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा 

काठमाडौं । हिमालयन बैंकले दुई जना संस्थापको नामा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर सबैले किन्न पाउने गरि लिलाम बिक्रीमा राखेको हो । बैंकले महेन्द्र नाथ कर्मचार्यको नाममा रहेको १० हजार ५८२ कित्ता र हरि प्रसाद प्रसाईको नाममा रहेको ५ हजार २८८.८९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा बैंकका […]

नेपाल एसबिआई बैंककाे लाभांश सुरक्षित गर्ने अन्तिम दिनआज

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले प्रस्तावित लाभांशका लागि सेयरधनीको नाम सुरक्षित हुने अन्तिम म्याद आज मङ्सिर ३ गते निर्धारण गरेको छ। साधारणसभा तथा लाभांश वितरणसम्बन्धी प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस ३ गतेसम्म नेप्सेमा बैंकको सेयर खरिद गरी कायम रहेका सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त […]

भुजुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदेन खुल्यो

काठमाडौं । लमजुङमा निर्माण सम्पन्न जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुँजी बजारमा प्रवेशको प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। कम्पनीले आज पुस ३ गतेदेखि आफ्नो प्राथमिक सेयर निष्कासनको पहिलो चरण प्रारम्भ गरेको हो। पहिलो चरणअन्तर्गत कम्पनीले आयोजना प्रत्यक्ष असर परेका स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकलाई लक्षित […]