विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले एक साथ ५ वटा आर्थिक वर्षको साधारणसभा आह्वान […]

अपर हेवाखोलो हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निश्कासन गर्ने

काठमाडौं । अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले एक बराबर एकको अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको थियो । यो सँगै हाल कायम चुक्तापुँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । हाल कम्पनीको चुक्तापुँजी ५० करोड रहेको छ । सोहि रकम […]

लगानीयोग्य रकम मुद्दती खातामा राख्दै सेबोन, खोज्यो बैंक

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आफूसँग भएको लगानीयोग्य रकम मुद्दती खातामा राख्ने भएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै सेबोनले बोर्डको लगानी योग्य रकमलाई ‘नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७’ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने भएको बताएको छ । जसअनुसार सेबोनले इच्छुक ‘क’ वर्गका बैंकहरुलाई आफूले दिन सक्ने १ वर्षे […]

नेको इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन आजदेखि, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेको इन्स्योरेन्सले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएपछि कम्पनीले १०० अंकित दरका २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड १ लाख २३ हजार ६ सय कित्ता साधारण शेयरको २५ प्रतिशतले हुन आउने ५० लाख ३० हजार ९ सय […]

एनएमबि हाईब्रिड फण्ड एल २ को इकाई खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । एनमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनएमबि क्यापिटलले गत माघ २४ गतेदेखि सामूहिक लगानी कोष, एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो । दश वर्षे बन्दमुखी प्रकृतिको योजनाअन्र्गत कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा […]

सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ ल्याउँदै क्रेस्ट माइक्रो

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । यसअघि उक्त कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरेको थियो । नेपाल धितोपत्र बोर्डले क्रेस्ट माइक्रोलाई कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने […]

एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा फागुन ८ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड […]

कामना सेवा विकास बैंकको ३० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले ३० हजार ३४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो । शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । शेयर खरिदका लागि बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्नेछ […]

ब्रोकर मर्जर मार्ग खुल्दै, निर्देशिका जारी हुँदै

काठमाडौं । ब्रोकरको पुँजी वृद्धि गर्ने निर्णय गरेको दुई वर्षपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्जर तथा प्राप्ति निर्देशिका तयार गरेको छ । सेबोनले २०७८ भदौमा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधन गरेर ब्रोकरको पुँजी र संख्या वृद्धि गरिएको थियो । नियमावलीले ब्रोकरलाई पुँजी वृद्धिका लागि २०८२ असारसम्मको समय दिएको थियो । […]

११.९१ अंकले बढ्यो शेयर बजार, करिब साढे १० अर्बको कारोबार

काठमाडौं । शेयर बजार लगातार तीन दिन बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २९.८७ अंकले बढेको शेयर बजार मंगलबार पनि दोहोरो अंकले बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१७ अंकले बढेर ४५९.८८ विन्दुमा […]