एसियन कंक्रिटो लिमिटेडले आइपीओ निष्कासन गर्ने

काठमाडौं । एसियन कंक्रिटो लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा कात्तिक १९ गते कम्पनीको कार्यालय, रामग्राम, नवलपरासीमा दिउँसो साढे १२ बजे सुरु हुनेछ । कम्पनीले सभामा प्रिमियमसहित आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का […]

वाणिज्य बैंकहरुको चुक्ता पुँजी ३ खर्ब २० अर्बले बढ्यो, प्रतिफल दरमा भने उच्च गिरावट

काठमाडौं । वाणिज्य बैंकहरुको चुक्ता पुँजीमा भारी वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १३ वर्षमा बैंकहरुको पुँजी ४९० प्रतिशतले बढेको हो । अहिले बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । आज भन्दा १३ वर्ष अगाडि अर्थात, सन् २०१२ मा बाणिज्य बैंककको चुक्ता पुँजी ६५ अर्ब ३६ […]

श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ […]

नेप्से सूचकमा गिरावट, २१४ कम्पनीको भाउ घट्यो  

काठमाडौं । मंगलबार नेप्से सूचक घटेको छ । बजार यसदिन १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ । सोमबार ४४.२५ अंकले बढेको बजार यसदिन फेरि घटेको छ । नाफा बुक गर्नेहरु बढेसँगै बजार घटेको हो । यसदिन ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार करिब ५ अर्ब बराबरको सेयर […]

समस्यारत मार्जिन कारोबार प्रणाली कार्यान्वयनको माग, करिब एक महिनामा कार्यान्वयन गर्ने आश्वासन

काठमाडौं । धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्था भए पनि कार्यान्वयनमा जटिलता कायमै देखिएको छ । स्रोतको सुनिश्चितता, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने जानकारहरू बताउँछन् । मार्जिन कारोबारका लागि ब्रोकरहरूले सिस्टम नबनाएकोलगायत कारण अझै पनि लगानीकर्ताले ब्रोकरहरूमार्फत मार्जिन सुविधाको सम्भावना […]

ग्रामीण विकास र समाज लघुवित्तले कात्तिक २ गतेबाट एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा मर्ज भएर कात्तिक २ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनी एक भएपछि अब ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

जबजब बजार घट्छ तब मात्र किन नीतिगत सुधारको माग गरिन्छ ? मार्केट सधैं बढ्नै पर्छ भन्ने मानसिकता किन ?

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले आइतबार नेपाल धितोपत्र बोर्डमा अध्यक्ष समक्ष विभिन्न मागहरु पेश गरे । उनीहरुले बोर्ड समक्ष पेश गरेका माग भने नयाँ होईनन्   यद्दपि, यी मागहरु नयाँ भने होइनन् । जब शेयर बजार घट्छ तब उनीहरु बजार सुधारको नारा अलाप्दै निमामक निकायमा पुग्ने गरेको दृष्टान्त हो यो  ।  जब नयाँ सरकार गठन हुन्छ, […]

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ […]

नेप्से सूचक ४४.२५ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेर बन्द भएको छ । बजार १.७६ प्रतिशतले बढेको हो । सेन्सेटिभ इन्डेक्स ५.१४ अंकले बढेर ४४.५४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स २.६५ र सेन्सेटिभ फोल्ट इन्डेक्स १.९७ अंकले बढेको छ । यस दिन ३३० वटा कम्पनीको ९९ लाख ४ हजार कित्ता […]

कहिले खोलिन्छ बरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयरको बोलपत्र ? 

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर खरीदका लागि परेका बोलपत्रहरू मंगलबार खोलिने भएको छ । भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको हो । कम्पनीले असार ३१ देखि भदौ ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा सर्वसाधारण समूहतर्फको २ लाख ३८ […]