३.०२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
काठमाडौं । सोमबार नेप्से परिसूचक ३.०२ अंकले घटेको छ । बजार २६०६.६७ अंकमा पुगेर बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १.५०, अंकले, फ्लोट इण्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले घटेको छ। ३३१ वटा कम्पनी ८३ हजार २७३ पटक कारोबार हुँदा १ करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । […]

