सेयर कारोबारका लागि नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र चाहिने

काठमाडौं । सेयर कारोबारका लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको छ । आफ्नै कारोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।

दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए १ खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने इप्पानको जिकिर

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तर्राष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीको शेयर सूचीकरण गर्दा आमनागरिक र प्रवर्द्धकलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर(आइजिन) कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले विभिन्न चार निकायको […]

नारायणी डेभलपमेन्ट बैंकले पायो हकप्रद बिक्रीको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले बैंकलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएको हो । अब नारायणीले १०० रुपैयाँ अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता सेयर बिक्री गर्नेछ ।

२ म्युचुअल फन्डको प्रतिफल घोषणा

काठमाडौं । गरिमा समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । यसले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल (कर सहित) दिने घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, साउन २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । यता, एनएमबि सरल बचत […]

आरएसडीसी लघुवित्तको नाफा घट्यो, प्रतिसेयर आम्दानी करिब १० रुपैयाँ

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत कम हो । अघिल्लो वर्ष लघुवित्तले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा […]

सिटि होटल लिमिटेडको शेयरधनी दर्ता पुस्तिका बन्द हुने

काठमाडौं । सिटि होटल लिमिटेड हकप्रद शेयर निष्काशनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ  । सिटि होटल लिमिटेडको हाल कायम चुक्ता पूँजी एक अर्ब सतसठ्ठी करोड चालीस लाखको  प्रति शेयर अंकित मूल्य १ सयका दरले  १,६७,४०,००० कित्ता साधारण शेयरको १ : ०.८ (अर्थात विद्यमान १ कित्ता साधारण शेयर बराबर नयाँ ०.८ कित्ता साधारण शेयर) […]

मार्जिन कारोबार व्यवस्थित गरि सञ्चालन गर्न कार्यदल गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई व्यवस्थित गरि सञ्चालनमा ल्याउन   ब४ सदस्यीय समिति गठन गरेको छ। बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो । धितोपत्र बोर्डका अनुसार सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे, रेगुलेसन विभागबाट अम्बिका गिरी र एक सदस्य ब्रोकर नियमन बिभागबाट गरेर ४ […]

शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिव श्री हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २८५.६५ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य १९२.८३ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ ।

स्वाभिमान लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७३ हजार ६९.२९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।  

लगानीकर्ता प्यानिक अवस्थामा, बजार दोहोरो अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसमूहमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स सूचक दोहोरो अंकले घटेको छ । बजार ३१.५० अंकले घटेर २९२२.६३ विन्दुमा झरेको छ । आज १५ अर्ब ९८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार भएका ३१८ स्क्रिप्टमध्ये ५२ वटाको भाउ बढेको छ भने १९८ वटा घटेको छ । यता, ५ वटा कम्पनीको […]