ग्रामीण विकास र समाज लघुवित्तले कात्तिक २ गतेबाट एकीकृत कारोबार सुरु गर्दै

काठमाडौं । ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा मर्ज भएर कात्तिक २ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असोज २३ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै कम्पनी एक भएपछि अब ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।

जबजब बजार घट्छ तब मात्र किन नीतिगत सुधारको माग गरिन्छ ? मार्केट सधैं बढ्नै पर्छ भन्ने मानसिकता किन ?

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले आइतबार नेपाल धितोपत्र बोर्डमा अध्यक्ष समक्ष विभिन्न मागहरु पेश गरे । उनीहरुले बोर्ड समक्ष पेश गरेका माग भने नयाँ होईनन्   यद्दपि, यी मागहरु नयाँ भने होइनन् । जब शेयर बजार घट्छ तब उनीहरु बजार सुधारको नारा अलाप्दै निमामक निकायमा पुग्ने गरेको दृष्टान्त हो यो  ।  जब नयाँ सरकार गठन हुन्छ, […]

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ […]

नेप्से सूचक ४४.२५ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेर बन्द भएको छ । बजार १.७६ प्रतिशतले बढेको हो । सेन्सेटिभ इन्डेक्स ५.१४ अंकले बढेर ४४.५४ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स २.६५ र सेन्सेटिभ फोल्ट इन्डेक्स १.९७ अंकले बढेको छ । यस दिन ३३० वटा कम्पनीको ९९ लाख ४ हजार कित्ता […]

कहिले खोलिन्छ बरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयरको बोलपत्र ? 

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर खरीदका लागि परेका बोलपत्रहरू मंगलबार खोलिने भएको छ । भोलि बिहान ८ बजे काठमाडौंको टेकुस्थित बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बोलपत्र खोलिने कम्पनीले जानकारी दिएको हो । कम्पनीले असार ३१ देखि भदौ ३ गतेसम्म हकप्रद सेयर बिक्री खुला गर्दा सर्वसाधारण समूहतर्फको २ लाख ३८ […]

नेप्से सूचक ३.०५ प्रतिशत घट्यो, सबै उप-समूहमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात,  आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा पुगेर बन्द भएको छ । बजार ३.०५ प्रतिशतले घटेको हो ।  नाफा बुक गर्ने बढ्दा सूचकमा दबाब देखिएको हो । यस दिन ३२४ वटा कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ६ अर्ब ७० […]

गत साता ३ प्रतिशत घटेको नेप्से, यस साता के होला ?

काठमाडौं । गत साता सेयर बजार परिसूचक ३.०५ प्रतिशतले घटेर बन्द भयो । कारोबार हुने अन्तिम दिनको सुरुमै सकारात्मक सर्किट लागेर बन्द भए पनि त्यस पछि दिनभरमा बजार २२ अंकले बढेर कारोबार भएको थियो । अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ३.०५ प्रतिशत अर्थात ८१.३३ अंक घटेर २५८२.१८ विन्दुमा झरेको छ । […]

रिभर फल्स पावरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ । यस हकप्रद सेयरमा […]

श्रीनगर एग्रीटेकको आईपीओ आजदेखि सर्वसाधारणलाई खुला

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९ हजार ९३८ कित्ता र आयोजना […]

लाभांश र हकप्रद पारित गर्न बसेको युनिभर्सल पावरको साधारणसभा स्थगित

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगे पछि स्थगित गरिएको हो । कम्पनीले लाभांश र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको थियो । कम्पनी ऐन, २०६३ तथा कम्पनीको नियमावली बमोजिमको गणपूरक संख्या नपुगेपछि साधारणसभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ । उक्त […]