साफ महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ । खेल काठमाडौं स्थित त्रिपुरेश्वरको दशरथ रङ्गशालामा साँझ ६:३० बजेदेखि सुरु हुनेछ । नेपालले सेमिफाइनलमा पाँच पटकको विजेत भारतलाई टाइब्रेकरमा ४–२ र साविक विजेता बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका हुन् । समूह चरणमा नेपाललाई भुटानले गोल रहित बराबरीमा रोकेको […]

