CLI
Global College

भोटेकोसी बाढीमा ९ जनाको शव फेला, सनाखत हुन बाँकी : परराष्ट्रमन्त्री खनाल (रसुवा बाढीका यसअघिका सबै समाचार सहित)

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीले ९ जनाको शव सङ्कलन गरेको जानकारी सदनलाई दिएका हुन् ।

मन्त्री खनालका अनुसार फेला परेका शवहरूको हालसम्म सनाखत हुन सकेको छैन । शवको पहिचान खुलाउन आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए ।

‘बाढी प्रभावित क्षेत्रमा हालसम्म ९ जनाको शव फेला परेको छ, तर उनीहरूको पहिचान खुल्न सकेको छैन । सनाखतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ,’ मन्त्री खनालले भने ।

उनले प्रारम्भिक जानकारीअनुसार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्प र त्यसपछि आएको पहिरोका कारण ८ बजेर ४० मिनेटमा भोटेकोसी नदीमा बाढी आएको जानकारी दिए ।

बाढीका कारण रसुवाको भोटेकोसी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको मन्त्री खनालले जानकारी दिएका छन् ।

 

यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्

भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक : उद्धारमा जुट्न निर्देशन

 

त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह

 

बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन

 

नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो

 

प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

 

३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन

 

भोटेकोशी बाढीपीडितको उद्धार तीव्र, १२ जनाको हेलिकोप्टरबाट उद्धार,फोटो सहित 

 

मन्त्रिपरिषद्को आपत्कालीन बैठक सम्पन्न, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने 

 

मन्त्रिपरिषद्को आपत्कालीन बैठकका १० निर्णय ,उद्धारका लागि हेलिकोप्टरसहित सबै साधान परिचालन गरिने

 

राष्ट्रपतिको अपिल : सबैले उद्धार र राहतको कामलाई तिव्रता दिनु

 

२९१ विदेशीसहित ३८४ पर्यटक बेपत्ता, नेपाल पर्यटन बोर्डद्वारा आपतकालीन सूचना जारी

 

रसुवा बाढीका लागि आपतकालीन उद्धार नम्बर सार्वजनिक, सम्पर्क गर्न प्रशासनको अनुरोध

रसुवा बाढीमा मृतकको संख्या १४ पुग्यो

 

Leave Your Comment

Related News