काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले आपतकालीन बैठक बोलाएर उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा जोखिममा रहेका नागरिकको सुरक्षाका लागि प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकायसहित सम्बन्धित सरकारी निकायका अधिकारीहरूलाई बोलाएर आपतकालीन बैठक गरेका हुन्।
बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार कार्य अघि बढाउन तथा तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै उद्धार, राहत तथा सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
भोटेकोशी नदीको जलस्तर तथा बाढीको अवस्थाबारे निरन्तर निगरानी राख्न र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
बाढीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय प्रशासन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।
यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्
त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह
बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन
नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन



