काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले चितवन/देवघाटमा बाढीको बहाव करिब दिउँसो ३ : ३० बजे देवघाटमा पुग्ने अनुमान गरेको छ । प्रारम्भिक आंकलन अनुसार पानीको सतहमा करिब ८ मिटर पुग्न सक्ने अनुमान छ ।
महाशाखाका अनुसार चितवन/देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। बाढीको बहाव करिब दिउँसो ३ :३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ।
हाम्रो प्रारम्भिक आंकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ। यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ। यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुवान हुने संभावना कम छ। तथापी अर्को सूचना जारी नहुंदा सम्म नदीको छेउछाउका वस्ति/बजारका वासिन्दाहरु शूरक्षित अग्लो स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।
यसअघिका समाचारका लागि तलको लिंक किल्क गर्नुहोस्
भोटेकोशी बाढीपछि प्रधानमन्त्री शाहको आपतकालीन बैठक : उद्धारमा जुट्न निर्देशन
त्रिशुली नदी फुर्के ,मलेखुमा पानीको सतह बढ्दै सुरक्षित रहन स्थानीयलाई आग्रह
बाढीका कारण रसुवामा १९ जना प्रहरी सप्पर्कविहीन
नेपाली सेनाको मेडिकल टिमसहित एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट उड्यो
प्रधानमन्त्रीले बोलाए विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक
३४ वटा हेलिकोप्टर कम्पनीलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन
भोटेकोशी बाढीपीडितको उद्धार तीव्र, १२ जनाको हेलिकोप्टरबाट उद्धार,फोटो सहित
मन्त्रिपरिषद्को आपत्कालीन बैठक सम्पन्न, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने
राष्ट्रपतिको अपिल : सबैले उद्धार र राहतको कामलाई तिव्रता दिनु



