खोजी तथा शव व्यवस्थापनमा नेपाली सेनाको तीव्रता, जनशक्ति थप

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको जनाएको छ । शव संकलन तथा खोजी कार्य ढिलो भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव […]

मन्त्रीपरिषद्को वैठक सम्पन्न मन्त्रीको १ महिनाको तलव बाढीपिडितलाई दिने

काठमाडौं ।आज बसेको मन्त्री परिषद्को बैठकले सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले गत बुधबार नेपाल-चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि […]

मृतकको संख्या ४७७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ४७७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अद्यावधिक विवरण अनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ७ हजार २५० जना प्रहरी जनशक्ति सहित कुल १५ […]

नाडा अटो शो २०२६ मा बीवाइडीका तीन नयाँ गाडी सार्वजनिक, एटो टु, सिलायन सेभेन र शार्क ६ प्रदर्शन

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले जारी ‘नाडा अटो शो २०२६’ मा तीन नयाँ गाडीहरू एटो टु, सिलायन सेभेन र शार्क ६ सार्वजनिक तथा प्रदर्शन गरेको छ। कम्पनीले नेपालमा सर्वाधिक रुचाइएको एसयूभी बीवाइडी एटो टुको सनरुफसहितको ‘सुपेरियर भेरियन्ट’ ५१ लाख ९९ हजार रुपैयाँमा बिक्री सुरु गरेको छ  यसअघिको इसेन्सियल भेरियन्ट ४५ लाख […]

जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारमा तिब्रता

काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारलाई तीव्रता दिएको  जनाएको छ । आज उद्धारका लागि आवश्यक सामग्री, उपकरण र जनशक्तिसहित थप हेलिकप्टर काठमाडौँबाट प्रभावित क्षेत्रतर्फ पठाइएको प्राधिकरणले जनाएको छ। सुरक्षाकर्मी तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सुरक्षा मापदण्ड पालना गर्दै हेलिकप्टर घटनास्थलतर्फ पठाइएको हो। विशेषगरी नुवाकोट र रसुवाका […]

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव भेटिएको छ । ती नदीमा चितवनतर्फ भेटिएका शवलाई भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका शवमध्ये ७४ पुरुष, ४१ महिला, […]

अस्ट्रेलियाद्वारा नेपालका बाढी पीडितका लागि ५ मिलियन डलर सहायता घोषणा

काठमाडौं । अस्ट्रेलिया सरकारले नेपाल-चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि ५ मिलियन अस्ट्रेलियाली डलर (करिब रु. ४५ करोड) बराबरको मानवीय सहायता प्याकेजको घोषणा गरेको छ। अस्ट्रेलिया सरकारले यस विपद्को प्रतिक्रिया स्वरूप आफ्ना कन्सुलर र मानवीय सहायता टोलीहरूलाई द्रुत रूपमा परिचालन गरिरहेको जनाएको छ। साथै, बेपत्ता भएकाहरूमा कम्तीमा ३९ जना अस्ट्रेलियाली नागरिक समेत […]

तिब्बतमा ड्याम फुटेपछि प्रहरीको आपत्कालीन सूचना जारी,उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मीलाई सजग रहन आग्रह

काठमाडौं । चीनको तिब्बततर्फ पानीको ड्याम  पुनः फुटेको जानकारी प्राप्त भएपछि भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले आपत्कालीन सूचना  जारी गरेको छ। ड्याम फुटेका कारण नदीमा बाढीको बहाव अस्वाभाविक रूपमा बढ्न सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणहरूलाई तत्काल सजग र सतर्क रहन […]

राहत सहयोगका नाममा वित्तीय ठगीको जोखिम,आधिकारिक खातामा मात्र रकम पठाउन सरकारको अपिल

काठमाडौं ।बाढी प्रभावितका लागि आर्थिक सहयोग भनि गरिएको आर्थिक संकलनप्रति सरकारकको ध्यानाकर्षण, आधिकारीक खातामा मात्र सहयोग गर्न  अपील ​रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाइरहेको सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभाबी अनधिकृत क्युआर कोड (QR Code) र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम संकलन गरिरहेकोप्रति […]

राहत सामग्री हस्तान्तरणका लागि जिल्ला प्रशासन र स्थानीय तहसँग समन्वय गर्न अपिल

काठमाडौं । रसुवा तथा नुवाकोटका बाढी प्रभावित नागरिकहरूका लागि राहत सामग्री संकलन र भण्डारणलाई व्यवस्थित बनाउन विभिन्न आपत्कालीन गोदामघर तथा राहत संकलन स्थानहरू तोकिएका छन्। राहत वितरणलाई सहज र प्रभावकारी बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपत्कालीन गोदामघरमा पुरुषोत्तम भण्डारी (९८५११४७४९४), चन्द्र बहादुर थापा (९८५१०८४२२०) र निरञ्जन निरौला (९८४३४६८९९१) लाई सम्पर्क व्यक्ति तोकिएको छ। त्यसैगरी, रसुवा र […]