एनपीएल: कर्णाली याक्ससँग लुम्बिनी लायन्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ । जितका लागि कर्णाली याक्सले दिएको एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २३ रनमा समेटियो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ […]

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई […]

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । छापावाल सुनको मूल्य प्रति तोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य […]

ब्रोकर्स एशोसिएशनका अध्यक्ष सागर ढकालले गरे नीतिगत सुधारमा लाग्ने प्रतिवद्धता

काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकाल नीतिगत सुधारमा लाग्ने प्रतिविद्धता व्यक्त गरेका छन् । उनले अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेको भन्दै अबका दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए । ‘सरकारी नीतिगत झण्झटका कारण हामी व्यवसायीले सरकारले ल्याउने हरेक […]

चार महिनामा सवा ५ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ९.१ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो […]

रघुगंगा हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । रघुगंगा हाइड्रोपावर लिमिटेडले प्राथमिक साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २२ गते रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणको सभाहलमा बस्ने आठौं वार्षिक साधारणसभा आईपीओ निष्कासनको प्रस्ताव राख्नेछ । सभामा उक्त प्रस्ताव स्वीकृत भएमा कम्पनीले आईपीओ जारी गर्नेछ । साथै सभाले गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरणमाथि छलफल गरी […]

एनपीएल: आज दुई खेल हुँदै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली एक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९:१५ र दोस्रो खेल १:१५ बजे हुनेछ ।

आज देशभरको मौसम सफा रहने, शनिबार धेरै स्थानमा हुस्सुको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छभने राति मौसम सफा रहने छ । शनिबार बिहान तराई तथा […]

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा छन् । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको […]

अमेरिकी डलर महँगियो

काठमाडौं ।नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार शुक्रबार डलर एकको खरिदर एक सय […]