नेपाली उत्पादन अन्तराष्ट्रियस्तरमा निर्यात हुने गरी योजना बनाइने : मन्त्री भण्डारी

अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन्। प्रेस चौतारी नेपालले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए। उनले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्धि नआउने बताए। मन्त्री भण्डारीले […]

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँ लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९ सय ८७ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष […]

समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अध्यक्षमा पूर्वन्यायाधीश गौतम

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवसथापन समिति अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गरेको छ । २ वर्षको कार्यकाल पुरा गरि २२ चैतमा समितिका तत्कालीन अध्यक्ष काशीराज दाहाल बाहिरिएएसँगै रिक्त पदमा गौतम नियुक्त भएका हुन् । सोही मितिबाट केशवराज आचार्य र डीबी बस्नेतको पदावधि सकिएकाले अन्य २ जना पदाधिकारी भने नियुक्त हुन बाँकी नै […]

राष्ट्र बैंकद्धारा विज्ञसहितको मौद्रिक नीति सल्लाहकार समिति गठन

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ। राष्ट्र बैंकले डेपुटी गभर्नर डा. निलम ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा राष्ट्र बैंकबाट ३ जना सदस्य छन् भने २ जना बाह्य सदस्य छन् । राष्ट्र बैंकबाट संयोजक डा.निलम ढुंगाना, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाश कुमार […]

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्नेसहित मन्त्रिपरिषद्को यस्तो निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको छ । वैशाख २० गतेको मन्त्रिपरिषद्ले हाल चलनचल्तिमा रहेको १ सय रुपैयाँको नोटमा नेपालको लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राख्ने र १ सयदरको बैंक नोटको डिजाइनमा परिमार्जन गर्न स्वीकृति […]

चौधरीको चाउचाउ उद्योगमा आक्रमण

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहले आक्रमण गरेको छ । शुक्रबार दिउँसो ३ बजेतिर बा ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्तिमाथि तोडफोड गरेको चौधरी ग्रुपले जनाएको छ । सीजी ग्रुपका प्रवक्ता मधुसूदन पौड्यालले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग […]

अग्नि प्रभावित ‘इस्मा गाउँपालिका’ र ‘राजपुर गाउँपालिका’लाई काठमाडौं महानगरपालिकाको १०/१० लाख अनुदान सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई १०/ १० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको […]

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । […]

फोनपेको सेवा नेपालमा प्रदर्शन

काठमाडौं । फोनपे भारतले  काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ। उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक Fonepay […]

श्रमिकका लागि ‘श्रमाधान’ सेवा सुरु

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका समस्या, गुनासा र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यका साथ ‘श्रमाधान’ सेवा सुरु गरेको छ । मे १ वा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमिकका समस्या समाधान गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको हो । श्रम, […]