रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व। रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयको नजिक पुगेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । भूमे र सिस्ने गाउँपालिकासँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको आठवटा वडाको मत गणना सकिँदा दाहालले आठ हजार ५०० मतले अग्रता कायम गर्दै जितको नजिक पुगेको हो । […]

काठमाडौं-६ मा शिशिर खनाल विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् । खनाले २७ हजार ७१९ मत सहित प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत पाउँदा राप्रपाका उद्धवराज भेटुवालले १२ सय मत पाएका छन् […]

महावीर पुनले बढाए अग्रता

काठमाडौं । म्याग्दी निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् ।  धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका ४ वडासम्मको मतगणना गर्दा पुनले ३ हजार ७ सय ४० मत पाएर फराकिलो अग्रता लिएका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले १ हजार ५ सय २८ मतले पछ्याएका छन् । नेकपाका अर्जुन थापाले १ हजार […]

१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने इन्डोनेसियाको तयारी

जकार्ता ।  इन्डोनेसिया सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगबाट रोक्ने तयारी गरेको छ । अनलाइन पोर्नोग्राफी, साइबरबुलिङ, ठगी र इन्टरनेटको लत बढ्दै गएको भन्दै यस्तो कदम चाल्न लागिएको सञ्चारमन्त्री मेउत्या हफिदले शुक्रबार जानकारी दिए । मन्त्री हफिदका अनुसार उच्च जोखिम मानिएका सामाजिक सञ्जाल प्लेटफर्महरूमा १६ वर्षमुनिका प्रयोगकर्ताका खाताहरू क्रमशः निष्क्रिय बनाइनेछ । यसमा युट्युब, […]

झापाका पाँचै क्षेत्रमा रास्वपाको अग्रता

सुरुङ्गा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाँचवटै निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेका छन् । पछिल्लो मतपरिणामअनुसार झापा–१ मा रास्वपाकी निशा डाँगी, झापा–२ मा इन्दिरा राना मगर, झापा–३ मा प्रकाश पाठक, झापा–४ मा शम्भूप्रसाद ढकाल र झापा–५ मा बालेन्द्र शाहको अग्रता कायम छ । झापा–५ मा रास्वपाका उम्मेदवार बालेन्द्र […]

गोरखा–२ मा रास्वपाको अग्रता कायमै

गोरखा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटीको अग्रता कायमै छ । निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वालेका अनुसार एक हजार ३४० मत गणना हुँदा रास्वपाका बुर्लाकोटीले ७९१ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका र लेखनाथ न्यौपानेले २२१, नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले १३७ र नेकपा (एमाले) का […]

ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ५७१ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री परागले ४४२, नेकपा (एमाले) का क्षितिज थेबेले २९४ मत प्राप्त गरेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ९७, श्रम […]

काठमाडौँ–६ मा रास्वपाका खनालको २० हजारभन्दा बढी मत

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल २० हजार ९९२ मतसहित अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४ः०० बजेसम्म ३२ हजार ७३३ मतगणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण) ले पाँच हजार १२७ र नेकपा (एमाले) का अमन मास्केले तीन हजार सात मत प्राप्त गरेका […]

झापाका पाँचै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

भद्रपुर । निधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं ५ बाट राजस्वका उम्मेदवार बालेन्द्र शाहले पाँच हजार २५४ मतसहित अग्रता लिएका छन् । नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले एक हजार ५७९ मत प्राप्त गरे । यसैगरी क्षेत्र नं ४ मा शम्भुप्रसाद […]

कैलालीका दुई क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

सुदूरपश्चिम।  प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राखेको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्तगरी पछ्याइरहेका  छन् । यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् । कैलाली क्षेत्र नं […]