आज साल्ट ट्रेडिङ र सिटिजन्स लाइफ इन्स्योरेन्सको साधारणसभा, के छन् एजेण्डा?

काठमाडौं । आज दुईवटा कम्पनीको साधारणसभा सम्पन्न हुँदैछ । त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजेदेखि साल्ट ट्रेडिङको ५८औँ साधारणसभा हुँदैछ । सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको १० (दश प्रतिशतका दरले नगद लाभांश बापत तीन करोड २० लाख ७१ हजार छ सय ९५.५० रूपैयाँ (कर प्रयोजनार्थ समेत) वितरण गर्न स्वीकृत गर्नेछ […]

थप ६०० मेगावाट बिजुली दिन भारत तयार, उद्योगको लोडसेडिङ पनि हट्ने दाबी

काठमाडौं । थप ६०० मेगावाट बिजुली दिन भारत तयार भएको हो । परराष्ट्र मन्त्रालयको कूटनीतिक पहलमा भारतले इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत दिएको हो । ऊर्जासचिव सुरेश आचार्यले सहमतिअनुसार आगामी अप्रिल १ देखि राति ११ बजेदेखि बिहान ४ बजेसम्म उक्त बिजुली आयात हुनेछ । उक्त बिजुली आएसँगै उद्योग क्षेत्रमा रहेको […]

निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुला, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं ।  नेपालमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्नका लागि सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । सरकारले निजी क्षेत्रलाई लाइसेन्स दिने तयारी गरेपछि गएको पुसमा अधिवक्ता कृष्ण बहादुर थापाले धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई प्रतिवादी बनाएर यो रिट दायर गरेका थिए । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान […]

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरसँगै युरोपियन युरो, बेलायती पाउन्डलगायत अधिकांश मुद्राको विनिमयदर बढेको छ । आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र […]

साढे ३ अर्बको फण्ड जारी गर्न थप तीन कम्पनीलाई स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप तीन कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) अन्तर्गत कोष व्यवस्थापन (फण्ड म्यानेजमेन्ट) गर्ने स्वीकृति प्रदान गरेको छ । सेबोनले कोष व्यवस्थापक (फण्ड म्यानेजर) नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड, स्वेडा इक्विटी फण्ड लिमिटेड र ग्लोबल इविक्टी फण्डलाई कोष व्यवस्थापन गर्न स्वीकृति प्रदान गरेको हो । सेबोनका अनुसार नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले ५० […]

कोशी र गण्डकीमा वर्षा र हिमपात, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको  छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी […]

आज काठमाडौँमा राजावादी र गणतन्त्रवादीको शक्ति प्रदर्शन, ३५ सय प्रहरी परिचालन

काठमाडौं । आज काठमाडौँमा राजावादी र गणतन्त्रवादीहरुले शक्ति प्रदर्शन गर्दैछन् । नेकपा माओवादी, नेकपा समाजवादी, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाको गणतन्त्र पक्षधर संयुक्त समाजवादी मोर्चाले भृकुटीमण्डप र राजतन्त्र पक्षधर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले तीनकुने क्षेत्रमा प्रदर्शन गर्दैछ । गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शनलाई सरकारको पनि समर्थन रहेको छ । बिहीबार […]

ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरे । यस […]

नामी ईभी अब मात्र ५.९९ लाख रुपैयाँ  डाउन पेमेन्टमा 

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउँदैछ। ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो। यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २०% डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्। […]

सिटिटेकको  गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र  एनसीएचएलको सफल सहकार्य

काठमाडौं । सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो “एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर” “गेटपे” लाई नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेडमा  सफल भुक्तानी व्यवस्थापन शुभारम्भ शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हाल सम्म […]