सरकारको आम्दानी भन्दा खर्च बढी भए सँगै अर्थमन्त्रीले भने :-राजस्वले खर्च धान्न कठिन

काठमाडौं ।  चालू आर्थिक वर्ष ०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । अर्थात् दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ […]

 आर्थिक भार नपर्ने गरी भीआईपी सुविधाबारे कानुन बन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राज्यलाई आर्थिक भार नपर्ने गरी पूर्वविशिष्ट पदाधिकारी (भीआईपी)लाई सुविधा दिने कानुन बनाउने बताएका छन् । संसद् रहेको अवस्थामा पूर्वविशिष्टको सुविधाबारेको कानुन संसद्ले बनाउनुपर्ने उनले बताए । पूर्वविशिष्टलाई सुविधा दिने विषयमा संसद्को वैधानिक आधार हाल नभएकाले सरकारले कानुनको मस्यौदा निर्माण गर्न लागेको उनको भनाइ छ । राज्यलाई आर्थिक भार नपर्ने गरी […]

पूर्व राज्यमन्त्री मोतीलाल दुगडसहित २१ व्यापारीले कर तिरेनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार तथा उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड कर नतिरेपछि आन्तरिक राजस्व कार्यालयले कर तिर्न भन्दै सार्वजनिक सूचना जारी गरेको छ । उद्योगी दुगड नेकपा एमाललेका पूर्वसांसद हुन् । उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा […]

प्रभु बैंक गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशद्वारा बागलुङ्गको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरेको छ । “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।” भन्ने मूल नाराका साथ आयोजित यस र्यालीले बुर्तिबाङ बजार क्षेत्रको […]

१८ अर्ब ३० करोडको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १८ अर्ब ३० करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]

मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने

काठमाडौं । मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्ताव पारित गर्नको लागि चैत्र २३ गते सभा बोलाएको हो। कम्पनीको विशेष सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अंकित मूल्य परिवर्तन गरी आईपीओ जारी गर्ने, आईपीओबाट संकलित पुँजीको उपयोगबारे […]

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनश शेयर वितरण गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चैत २१ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालन समितिको १५७ औं बैठकले चैत २१ गते बिहीबार बिहान ११ बजे कालिकास्थान, काठमाडौंमा वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारण सभामार्फत् नगद लाभांश र बोनश शेयर वितरण गर्ने तयारी समेत गरेको छ […]

फ्लोरा एक्स्पोमा दुई दिनमा ५८ लाखको कारोबार

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा जारी २६ औँ फ्लोरा एक्स्पोमा दुई दिनमा ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । शुक्रबारबाट जारी एक्स्पोको दोस्रो दिन शनिबारसम्म सो कारोबार भएको हो । यस्तै, एक्स्पोमा ३१ हजारभन्दा बढीले अवलोकन गरेका छन् । सोमबारसम्म चल्ने सो एक्स्पोलाई ६० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसिएसन […]

रिलायबल नेपाल लाइफको बोनसदर सार्वजनिक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरण्णले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो। कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको […]

सुनको मूल्य स्थिर चाँदीको घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ तोकिएको छ । आइतबार पनि सोहि मूल्यमा छापावाला सुन कारोबार भएको थियो । गत शुक्रबार भने छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो, जुन सर्वाधिक […]