म्यानपावरले विदेश जानेलाई दुख दिए विभागले कारबाही गर्ने
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने चाहने व्यक्तिलाई अनावश्यक दुःख नदिन म्यानपावरलाई चेतावनी दिएको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै म्यानपावर व्यवसायीहरुले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्नेजस्ता कार्य गरेको गुनासा आएको भन्दै यस्तो चेतावनी दिएको हो। […]

