सुनको भाउमा नयाँ रेकर्ड, एकै दिन तोलामा १० हजार १ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुन को मूल्य  सर्वाधिक उचाइमा  पुगेको छ । यस दिन सुन १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदि ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो । चाँदी पनि ४० […]

उन्नति सहकार्य लघुवित्तले लाभांश नदिने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । यस संस्थाको माघ ६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लाभांश दिने निर्णय गरेको हो ।

मञ्जुश्री फाइनान्सको नाफा १३ करोड ५३ लाख, प्रतिसेयर आम्दानी २० रुपैयाँ

काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा फाइनान्सको खुद नाफा ११ करोड ७० लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी तथा सञ्चालन आम्दानीमा आएको सुधारले नाफा बढेको हो । यस […]

च्याम्पियन्स लिग : रियलको गोलको वर्षा, सीटी र पिएसजी पराजित

काठमाडौं । च्याम्पियन्स लिगमा रियल मड्रिडले गोल वर्षा गर्दै मोनाकोमाथि ६–१ को सानदार जित निकालेको छ । मंगलबार राति सान्टियागो बर्नाबेउमा भएको खेलमा किलियन एमबाप्पेले दुई गोल गरे । भिनिसियस जुनियरले एक गोलसँगै दुई असिस्ट प्रदान गरे । फ्रान्को मास्तान्तुओनो र जुड बेलिङह्यामले एक–एक गोल थपे । मोनाकोका लागि एक मात्र गोल जर्डन टेजेले गरे […]

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू यो वर्ष काम नपाउँदा चिन्तित भएका हुन् । स्थानीय जनपथटोलमा अस्थायी बसोबास गर्दै आएका महमद इस्लाम विगत २३ वर्षदेखि धुनियाको काम गर्दै आएका छन्। यही पेसाबाट उनले पाँच जनाको परिवारको पालनपोषण […]

४७ प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५५औँ समूहअन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मङ्गलबार आयोजित तालिम समापन कार्यक्रममा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले प्रशिक्षार्थीलाई पुरस्कार […]

निर्वाचन आउन ४३ दिन बाँकीः आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ३१, […]

सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड गरिएको छ । कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको हो । यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले १० करोड इकाई बिक्रीमा आएको थियो । जसमध्ये १ […]

नाफासँगै घट्यो निफ्राको प्रतिसेयर आम्दानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नफामा ३६.१५ प्रतिशतले कमी आएको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको […]