सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो […]

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

पर्वत । कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ । कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारीखेती गर्न बनाइएको संरचना) निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक फार्मबाट प्रस्ताव आह्वान गरेको छ […]

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

काठमाडौं । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । यसलाई सत्य […]

कस्तो रहला आज दशभरको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

दिल्लीको लालकिल्ला नजिक कार विस्फोट, कम्तीमा आठ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला नजिक कार विस्फोटहुँदा आठ जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार विस्फोटको कारण खुलेको छैन। यसबारे अनुसन्धान भइरहेको दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले बताएका छन्। विस्फोटपछि भारतको आर्थिक केन्द्र मुम्बई र दिल्लीसँगै सिमाना जोडिएको उत्तर प्रदेश राज्य उच्च सतर्कतामा राखिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उन्नत जातका धानखेतीतर्फ किसानको आकर्षण

म्याग्दी । गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान रमाइरहेका छन्।धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ। करिब दुई दशकअघिसम्म म्याग्दीका सबैजसो फाँट खेतहरूमा गौरिया, गुडुरा, जेठोबुढो, ताकमारे, जौधानलगायतका रैथाने जातिका धान लगाउने चलन थियो। तर, अहिले यहाँका […]

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ […]

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त

काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए । भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यससँगै शपतथ कार्यक्रम पनि उक्त होटलमै राखिएको थियो […]

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं । नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात खुलाएकामा आपत्ति जनाउँदै नेपाल मौरीपालक महासङ्घको टोलीले आज सिंहदरबारमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारलाई ज्ञापनपत्र बुझाएका छन् । मन्त्रालयमै पुगेर महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले तत्काल मह आयात रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । नेपाली मह उत्पादनको मौसम सुरु भएका […]