प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आगामी माघ २ […]

काठमाडौं फर्कदा बढी भाडा असुल्नेलाई कारबाही

चितवन । राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई कारबाही गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार नारायणगढको पुलचोक, पोखरा बसपार्क र […]

वायुसेवा निगमको उद्धार उडान, १५७ जना लाभान्वित

काठमाडौं । बाढी र पहिरोले सडक अवरुद्ध हुँदा भैरहवामा रोकिएका डेढ सय बढीलाई नेपाल वायुसेवा निगमको जहाजले काठमाडौं ल्याएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्धार उडान गरी निगमको ए३२० जहाजले उनीहरुलाई काठमाडौं ल्याएको हो । सोमबार दिउँसो १ बजे काठमाडौंबाट उड्ने तालिका भए पनि दुबईबाट जहाज आउन ढिला भएका कारण केही ढिलाइ गरी उद्धार उडान गरिएको […]

देशभरका नौ वटा राजमार्ग अवरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोले देशभरका नौ वटा राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका विभिन्न स्थानका नौ वटा राजमार्ग अवरुद्ध रहेको र ती राजमार्ग खुलाउने काम भइरहेको बताए । प्रहरीका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ। ललितपुर गोदावरी नगरपालिका वडा नम्बर […]

मेटलाइफ र ग्लोबल सिटिजनबीच आर्थिक परिवर्तनलाई अगाडि बढाउन साझेदारी

न्यूयोर्क । २०२५ ग्लोबल सिटिजन फेस्टिभलमा आज, बीमा तथा कर्मचारी लाभ सेवा प्रदान गर्ने अग्रणी वित्तीय सेवा कम्पनी मेटलाइफले, अत्यधिक गरिबी अन्त्य गर्ने विश्वकै सबैभन्दा ठूलो अभियान ग्लोबल सिटिजन सँग तीन वर्षे नयाँ साझेदारी गर्दै प्रमुख भागीदारको रूपमा सहभागी हुने घोषणा गरेको छ । यस साझेदारीमार्फत, आर्थिक सुरक्षा सुनिश्चित गर्ने, स्रोतहरूमा पहुँच दिलाउने र लचिलो समुदाय निर्माण […]

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

काठमाडौं । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । यसअघि भएको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको […]

सूचीकृत सानिमा माईसहित यी ४ हाइड्रोपावर कम्पनीहरुले सञ्चालन गरेको आयोजनाबाट विद्युत उत्पादन बन्द

काठमाडौं । नेप्सेमा सूचीकृत सानिमा माई हाइड्रोपावर, सान्भि इनर्जी, सामलिङ्ग पावर र एशियन हाइड्रोपावर लिमिटेडले सञ्चालन गरेको विद्युत आयोजनमा बाढीका कारण क्षति पुगेको छ । जसकारण यी आयोजनाहरुबाट विद्युत उत्पादत पूर्ण रुपमा बन्द भएको कम्पनीहरुले जनाएका छन् । असोज १८ गते भएको अविरल वर्षाका कारण आयोजनाहरुमा क्षति पुगेको हो । खोलाहरुमा अझै बाढी आउने क्रम […]

असोज १७-१९ को बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित

काठमाडौं ।  यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण ३ प्रदेशका १० जिल्लामा ३२ जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमवार दिउँसोसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित […]

२३ सय रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य भने स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी माहासंघका अनुसार सुन मंगलबार तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले दियो भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा एक करोड पचास लाख

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको आन्दोलनको कारण भएको आगजनी तोडफोड पश्चातत ध्वङ्स भएका संरचना निर्माण गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक करोड पचास लाख रुपयाँ जम्मा गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले २०८२असोज २१गते […]