यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा पुगेको हो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर […]

मधेशमा २ मन्त्री थपिए, ६ सदस्यीय बन्याे क्याविनेट

काठमाडौं । मधेश प्रदेश सरकारमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सोमबार थप २ मन्त्री नियुक्त भएका हुन । सोमबार थपिएका दुई मन्त्रीलाई मधेश प्रदेश सरकारका प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन् । जसमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद जवाहरलाल कुशवाहलाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री र लोकतान्त्रिक […]

डिजेलको मूल्य घट्यो, पेट्रोलको मूल्य बढ्यो 

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । भारतीय आयाल कर्पोरेशनबाट आज प्राप्त भएको पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेल, मट्टितेल र पेट्रोलको नयाँ मूल्य सार्वजनिक गरिएको हो । निगमले भोलिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको […]

फरक-फरक क्षेत्रका कम्पनीले आइपीओ ल्याउन थालेसँगै धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्दै बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली संशोधन’ गर्ने भएको छ । फरक प्रकृतिका कम्पनीहरुले पनि आइपीओ जारी गर्ने तयारी गरेसँगै बोर्डले ‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ संशोधन गर्न लागेको हो । आइपीओ अनुमति माग्दै बोर्डमा आवेदन दिएका र आइपीओ ल्याउने तयारीमा रहेका केही  कम्पनीहरुको व्यापारको प्रकृति नेप्सेमा सूचीकृत रहेका कम्पनीहरुको भन्दा […]

माउन्टेन इनर्जीको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर पारित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गरेको छ । साधारणसभाले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि […]

धार्मिक सहिष्णुता र शान्ति संरक्षणमा अन्तर्राष्ट्रिय एकता आवश्यक : महासचिव गुटेरेस

संयुक्त राष्ट्र। संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेसले अष्ट्रेलियाको सिड्नीमा हनुक्का पर्वको अवसरमा भएको आतङ्कवादी घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनका उपप्रवक्ता फरहान हकका अनुसार महासचिवले पीडित परिवारप्रति सहानुभूति व्यक्त गर्दै घाइतेहरूको छिटो र पूर्ण स्वास्थ्यलाभको कामना गरे । महासचिवले यो कठिन समयमा अष्ट्रेलियाका जनता र सरकारसँग आफ्नो समर्थन र एकजुटता प्रकट गरे, र […]

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठ यस अघि आयोगको सदस्य थिए ।

विवाईडी डल्फिनको विश्वव्यापी बिक्री १० लाख नाघ्यो

काठमाडौँ । चिनियाँ कम्पनी विवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख पुगेको छ । योसँगै विवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्रीको उपलब्धि हासिल गर्ने ह्याचब्याक EV बन्न सफल भएको छ। नेपालका लागि विवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले यो उपलब्धिलाई गर्वको क्षण भएको बताएको छ । “विवाईडी […]

लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक र  कालिञ्चोक दर्शनको बोनस सेयरमा मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो । नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ २१३.६४ रुपैयाँ कायम भएको छ । सोमबारको अन्तिम कारोबार […]

साढे ५५ खर्बले नाघ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमार्फत् निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशत अर्थात् रु ६५ अर्ब ४ करोडले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा  बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा […]