शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

काठमाडौं ।  सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषद्ले चैत १३ गतेको बैठकबाट स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यक्रममा प्रमुख कृषि उपजको न्यूनतम मूल्य सुरक्षा नहुँदा किसान बजारको अनियन्त्रित उतारचढावबाट घाटामा जाने समस्या समाधान गर्न ३० मूल्य निर्धारण गर्न लागिएको उल्लेख छ । कृषकले […]

योजना आयोग उपाध्यक्ष नियुक्ति चाँडै हुने, बजेट निर्माण प्रक्रिया प्रभावित नहुने

काठमाडौं ।  वर्तमान सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्ति चैत भित्र गर्ने भएको छ । सशुीला कार्की नेतृत्वको अन्तरिम सरकार बाहिरिएसँगै खाली रहेको आयोग उपाध्यक्ष पद यो साता वा अर्को साता भित्र पदपूर्ति हुने आयोग पदाधिकारीले बताएका छन् । आयोगका प्रवक्ता एवम सहसचिव हरिशरण पुडासैनीका अनुसार बजेट निर्माणको काम तीव्र भइरहेको कारणले गर्दा छिटो भन्दा […]

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं । नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय÷कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व तथा पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ । सरकारले शासकीय […]

मुस्ताङको (लेते–धम्पु) पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ। यहाँस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ । थासाङ गाउँपालिका–३ लेतेस्थित कालीगण्डकी नदी पारी ओझेलमा परेका दुर्गम गाउँहरु जोड्ने (लेते–धम्पु) मोटरेबल पुल निर्माण कम्पनीको चरम ढिलासुस्ती र बेवास्ताका कारण पटक/पटक अलपत्र परेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको अख्तियारीमा परेको कालीगण्डकी नदीमा निर्माणाधीन प्रिस्टेज मोटरेबल […]

मल्कवाङमा विद्युतीकरण

म्याग्दी।  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेर विद्युुतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान गरेर स्थानीयको घरघरमा बिजुली बालेर उज्यालो पारिएको […]

परिपक्व भइसकेको नागरिक र वैदेशिक रोजगार बचतपत्रको साँवा र ब्याज लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रका धनीहरूलाई बाँकी रहेको ब्याज र साँवा रकम यथाशीघ्र लिन आग्रह गरेको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत जारी गरिएका यी बचतपत्रका कतिपय धनीहरूले २०८१ जेठ मसान्तसम्म परिपक्व भइसकेको साँवा तथा आर्जित ब्याज रकम अझै नलिएको पाइएको […]

अष्ट्रेलियाली शेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर

सिड्नी ।अष्ट्रेलियाको शेयर बजार सोमबार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ । विश्वव्यापी तेल मूल्य निरन्तर बढ्दै गएपछि बजारमा दबाब परेको हो । एस एन्ड पी/एएसएक्स २०० सूचकाङ्क सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर ८ हजार ३९७ अङ्कमा झरेको छ । यो सूचकाङ्क शुक्रबारको बन्द अवस्थामा रहेको ८ हजार ५१६.३ अंकबाट तल […]

चैत्र शुक्ल एकादशी : सेतो मच्छेन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौँथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । पाँचौँ दिन सोमबार रथबाट मूर्ति मन्दिरमा सारिने सेतो मच्छेन्द्रनाथ रथ यात्रा व्यवस्थापन समितिले जनाएको छ । रथबाट मूर्तिलाई जनबहालस्थित मन्दिरमा राखिएसँगै यस वर्षको पाँच दिने जात्रा सोमबार अन्त्य हुने काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्वअध्यक्ष […]

एक्साइडको नयाँ धमाकाः ई–रिक्साका लागि ३६ महिनाको वारेन्टीसहित ई–राइड लिथियम ब्याट्री सार्वजनिक

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि एउटा खुसीको खबर ल्याउँदै अत्याधुनिक एक्साइड ई–राइड लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ । खर्च घटाउने र आम्दानी बढाउने मुख्य उद्देश्यका साथ ल्याइएको यो नयाँ प्रविधिको ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक र शक्तिशाली बनाउने विश्वास गरिएको छ । यो ब्याट्री एआईएस –१५६ फेज–२ प्रमाणित […]

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा आज सोमबार सुनुवाइ हुँदैछ। उनीहरूको सुनुवाइ छुट्टाछुट्टै इजलासमा हुने सर्वोच्चले जनाएको छ। ओलीको सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुनेछ भने लेखकको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा हुनेछ। ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले रिट पेस गरेकी […]