मन्त्रालय संख्या १७ मा झार्ने सरकारको प्रस्ताव, चार मन्त्रालय खारेज हुने
काठमाडौं । सरकारले संघीय संरचनाअन्तर्गत मन्त्रालयहरूको संख्या घटाएर १७ मा झार्ने प्रस्ताव अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक खाकाअनुसार चार वटा मन्त्रालय खारेज गर्दै संरचनात्मक पुनर्संरचना गर्ने तयारी गरिएको हो। प्रस्ताव अनुसार युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय तथा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गरिनेछन् […]

