कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०% विशेष छुट

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले आजबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो। यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको […]

‘Market Structure vs Indicators’ विषयमा स्मार्ट फ्राइडे इन्साइट सिरिज – Episode 10, मार्च १३ मा

काठमाडौं । SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को दशौं शृंखला (Episode 10) आगामी शुक्रबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म आयोजना हुने भएको छ। पूँजी बजारमा प्रयोग हुने प्राविधिक उपकरणहरू र वास्तविक बजार संरचनाबीचको सम्बन्धलाई केन्द्रमा राखेर यस विशेष सत्रको शीर्षक “Why Indicators Fail Without Market Structure” राखिएको […]

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी। रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको छ । सडक निर्माणसँगै विस्थापित भएको रघुगङ्गा गाउँपालिकाको १, २, ३, ४, ७ र ८ नम्बर वडाका बासिन्दाले जिल्ला सदरमुकाम बेनी आउन जान प्रयोग गर्ने परम्परागत पदमार्गलाई पुनःनिर्माण र ब्यवस्थित गरिएको हो । एकीकृत सेवा कार्यालय म्याग्दीको सहयोगमा राहुघाटदेखि बगैँचातर्फ ८० मिटर पक्की सिँढी र १३७ […]

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । सुनचाँदी ब्यवासायी महांसघका अनुसार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी पनि ३१० रुपैयाँले बढेको छ । बजारमा […]

समानुपातिकतर्फ १ करोड ४ लाख मतगणना, रास्वपाको ५० लाख नाघ्यो

काठमाडौं ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको बिहान १०: ३७ सम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५० लाख ५२ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६,  नेकपा (एमाले)ले १४ लाख ११ हजार […]

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी। गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् । गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस […]

प्रतिनिधिसभा सदस्य निर्वाचन : चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार चितवन १ मा १५ जनाको, चितवन २ र ३ मा २१–२१ जनाको जमानत जफत भएको हो […]

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २६ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरको छ। जस अनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, मटरकोशा ३० रुपैयाँ, लोकल घिउ सिमी ३५ रुपैयाँ र टाटे सिमी ६० रुपैयाँ प्रतिकिलो […]

अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा। रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु ६ लाख २९ हजार २०० बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाही जानकारी दिए । उनका […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ८६ हजार ४३३ कित्ता सेयर लिलामीमा राखेको हो । कम्पनीले सबैले किन्न पाउने गरी उक्त सेयर लिलामीमा राखेको हो । सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम […]