बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि

बेइजिङ। घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको देखिएको छ । यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले त्यसको भरपाइ गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको तथ्याङ्कले […]

कर्णाली प्रदेशमा श्रम संस्कृति पार्टीको सबैभन्दा कम समानुपातिक मत, कुन प्रदेशबाट कति ?

काठमाडौं । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ देशभर कुल ३ लाख ५९ हजार २५५ मत प्राप्त गरेको छ । प्रदेशगत रूपमा हेर्दा पार्टीले सबैभन्दा धेरै मत कोशी प्रदेशबाट पाएको देखिएको छ भने सबैभन्दा कम मत कर्णाली प्रदेशबाट पाएको छ । कोशी प्रदेशमा श्रम संस्कृति पार्टीले २ लाख ६७ हजार १४६ मत प्राप्त गरेको हो । त्यसैगरी बागमती […]

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनालले सरकारद्वारा उपलब्ध गराइएको कूटनीतिक राहदानी फिर्ता गरेका छन्। मन्त्री खनालले मंगलबार उक्त राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाएका हुन्। अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेख्दै उनले अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्नका लागि प्राप्त कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै त्यसलाई राहदानी विभागमा बुझाउन निर्देशन दिएका थिए। भदौ २३ र २४ […]

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं ।  पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गरेका हुन  । पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख गर्दै उनले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ […]

रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् । ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र […]

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौं ।ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ । सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा […]

मधेश प्रदेशमा रास्वपाले पायो सबैभन्दा धेरै समानुपातिक मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ देशभरी कुल ५० लाख ३० हजार २७६ मत प्राप्त गरेको छ । प्रदेशगत रुपमा हेर्दा रास्वपाले सबैभन्दा धेरै मत मधेश प्रदेशबाट पाएको देखिएको छ । मधेश प्रदेशमा रास्वपाले १२ लाख १४ हजार १३९ मत प्राप्त गरेको हो । यो समाचार तयार पार्दै गर्दा (१२ बजेर ३९ मिनेटसम्म) १ […]

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौं ।  यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मलुकका विभिन्न सात जिल्लाका ४९३ जना उम्मेदवारको जमानत जफत भएको छ । हाम्रा समाचारदाताहरुका अनुसार काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका २२६ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा, उज्यालो […]

सियोल–वासिङ्टन सैन्य अभ्यासप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल। उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सुरु गरेको संयुक्त सैन्य अभ्यासले ‘अकल्पनीय रूपमा भयानक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् । मङ्गलबार सार्वजनिक गरिएको वक्तव्यमा उनले सियोल र वासिङ्टनले सञ्चालन गरिरहेको वार्षिक सैन्य अभ्यासलाई गम्भीर उक्साहटका रूपमा व्याख्या गर्दै यसले कोरियाली प्रायद्वीपमा थप […]

बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आयल निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले बोतल र जेरिक्यानमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिएको छ। निगमले पेट्रोलियम डिलर्स एसोसिएसन (धनुषा र महोत्तरी) लाई सोमबार पत्र पठाउँदै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो। निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलजस्ता अतिप्रज्ज्वलनशील पदार्थ बोतल वा जेरिक्यानमा बिक्री गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको जोखिम बढ्छ। त्यसैले विक्रेता […]