कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैङ्कको संस्थापक शेयर ४५,५७,४१२ कित्ता आधारमा बिक्रिमा रहेको छ । सो शेयर खरिद गर्न चाहने खरिद कर्ताले  शिलबन्दी बोलपत्रको  आधारमा २०८१असार ३ गते ३  गते सम्म पेश गर्नु पर्नेछ । शिलबन्दी बोलपत्र पेश २०८१जेठ २८ देखि  प्रति कित्ता न्युनतम मूल्य रु १००/- (अक्षेरुपी एक सय रुपैयां मात्र ) मा खरीद गर्ने इच्छुक […]

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्रीहरु जस्तै डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ । विगत ५५ बर्ष देखी संचालनमा रहेको र करिब एक हजार गरीब, जेहनदार विद्यार्थीहरु अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको […]

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु […]

नबिल बैंकलाई प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो । बैंकलाई अनबोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको […]

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सबको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४– संस्करण ३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । यहि जेठ २२ गते मंगलबार देखि २४ गते बिहिबार (तीन दिन) सम्म इमाडोल स्थित बलपार्क स्र्पोट्स इभेन्ट्स एण्ड एकेडेमीमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको […]

भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे प्रभु बैंक र सौराहाका १६ भन्दा बढि विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई भरतपुर भम्रण वर्È २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट बागमती प्रदेश, चितवन कल्सटर की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धर द्घारा हस्ताक्षर […]

राष्ट्रिय बाणिज्य बैंकद्वारा प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन हस्तान्तरण

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरे। सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले […]

नेपाल राष्ट्र बैंकद्वारा सर्बसाधारण र सरोकारवालासँग मौद्रिक नीतिको सुझाब माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका सर्बसाधारण र सरोकारवालाको सुझाव माग गरेको  छ । असार १६ गतेभित्र सुझाव दिन भनेको छ । आगामी साउन १५ भित्र मौद्रिक निति ल्याउने तयारी राष्ट्र बैंकको रहेको छ । राष्ट्र बैंकले सुझाब दिन चाहनेहरुले आर्थिक अनुसन्धान विभागको इमेल ‘मनिटरी पोलिसी एट एनआरबी डट […]

ग्रामीण विकास लघुवित्तको साधारणसभा हुँदै, मर्जर र प्राप्तिको अधिकार संचालक समितिलाई दिने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको नवौं वार्षिक साधारणसभा २०८१ आषाढ १५ गते शनिवार विहान ११:०० बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भौतिक  र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले  साधारणसभाको भर्चुअल मिटिङ्गको लिङ्क शेयरधनीको ईमेल ठेगानामा पठाउनेछ  । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ / ८० को […]

कृषि विकास बैंकले उठाउन सकेन ५८३ ऋणीबाट २ अर्ब ७ करोड ब्याज र ऋण

काठमाडौं । कृषि विकास बैंकले ऋणीमार्फत् साँवा र ब्याज उठाउन सकेको छैन । यो सँगै बैंकले ५ सय ८३ जना ऋणमार्फत् २ अर्ब ७ करोड रुपैयाँ भन्दा बढीको ऋण र ब्याज असुल गर्न सकेको छैन । ऋण र ब्याजको छुट्टै अभिलेख नराख्दा बैंकलाई ऋण र ऋणवापतको ब्याज उठाउन समस्या भएको छ । आर्थिक वर्ष २०७९÷८० […]