राष्ट्र बैंकद्धारा सुनचाँदीका सिक्का बिक्री सुरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ र तिहारमा सर्वसाधारणलाई सुनचाँदीजस्ता बहुमुल्य धातुहरुबाट बनेको सिक्का बिक्री खुला गरेको छ। बैंकले टक्सार महाशाखाबाट सर्वसाधारणले सुपथ मूल्यमा किन्ने व्यवस्था गरेको हो। बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि २०७५ को दफा ११ बमोजिम गठित टकमरी सिफारिस समितिले टक्सार महाशाखाबाट टकमरी बिक्री सुरु गरेको जनाएको छ। […]

