वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्त्वपूर्ण सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजना पूरा गर्दै दोलखामा, गौरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन कात्तिक २५ मा हस्तान्तरण गरेको छ। यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह […]

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो-चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित […]

चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल इभी

बुटवल । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल इभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ । आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सिईओ जोजु जोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र […]

टिओडी मिटरका आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने काटिएको विद्युत लाईन जोड्ने सरकारको निर्णय

काठमाडौं । हिजो बसेको मन्त्री परिषद् वैठकले टिओडी १५ दिन भित्र मिटरको आधारमा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल उठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि उर्जा मन्त्रालय मार्फत नेपाल विद्युत प्राधिकरणलाई लिखित निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ । आधा दशक लामो विवादको अन्त्य गर्दै ओली सरकारले अघिल्लो सरकारले  गठन […]

अचाकाल्ली बढेको हवाई भाडा नियन्त्रणको, लागि नागरिक उड्यान प्राधिकरणको पहल

काठमाडौं । वायु सेवा कम्पनीले हवाई भाडा दोब्बरभन्दा बढीले वढाएपछि नागरिक उड्डयन प्राधिकरणले भाडा नियन्त्रणको लागि पहल थालेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात संचालनका विषयमा प्राधिकरणले आज छलफल गरेको हो। छलफलमा  नेपाल नागरिक उड्डयन प्राधिकरणका […]

बायोनिक रोबोट मोर्निन र अर्गोसको साथ ओमोडा एन्ड जेइकोको ‘फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम’ रणनीति सार्वजनिक

काठमाडौं । ओमोडा एन्ड जेइकोले हालै चीनको वुहुमा भएको ‘२०२४ ओमोडा एन्ड जेइको अन्तर्राष्ट्रिय युजर समिट (प्रयोगकर्ता सम्मेलन)मा आफ्नो “फ्युचर इन्टेलिजेन्ट इकोसिस्टम (भविष्यको बौद्धिक पारिस्थितिक प्रणाली)” नामक रणनीति सार्वजनिक गरेको छ। २८ देशका सयभन्दा बढी मिडिया प्रतिनिधिहरू तथा ‘कि ओपिनियन लिडर’हरूको उपस्थितिमा यो नयाँ ‘ब्रान्ड भिजन’ सार्वजनिक भएको हो। नयाँ ब्रान्ड भिजनले व्यावसायिक र घरेलु वातावरणमा […]

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास भएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको उल्लेख्य उपस्थितिमा पाथीभरा देविको जय–जयकारसहित केबलकार निर्माणको शिलान्यास गरिएको निर्माण […]

आजदेखि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार […]

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै, अविश्वसनिय छुटहरु उपलब्ध

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दैछ । नेपालमा बर्षकै ठूलो सेलका रुपमा परिचित दराज ११.११ यस बर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ । बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८०% सम्म छुट, देशभर नि:शुल्क डेलिभरी सुविधा, र ३ करोड […]

कामना सेवा विकास बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रेस्ट्रोमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले धुलिखेल, काभ्रे स्थित दुषित थानी हिमालयन रेस्ट्रोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा […]