कृषिमा देखिएको समस्या समाधानको लागि मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको हो : प्रबन्ध निर्देशक ढकाल

काठमाडौं । कृषिमा देखिएको समस्या समाधानको लागि मुक्तिनाथ कृषि कम्पनी स्थापना गरिएको मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध निर्देशक भरतराज ढकालले बताएका छन्  । मुक्तिनाथ कृषि कम्पनीको आयोजनामा काठमाडौ लाजिम्पाटमा भएको आधुनिक थोक कृषि बजार सम्बन्धित कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि चक्र निर्माण नभएसम्म कृषिमा देखिएको समस्या समाधान नहुने बताएका हुन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै […]

अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भीर भएर लाग्ने बताएका छन्। काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसका लागि सरकारले अध्ययन गराउने बताएका हुन्। मन्त्री पाैडेलका अनुसार मुलुकलाई एफएटिएफले ग्रे लिस्टमा राखेकाले पनि अनौपचारिक अर्थतन्त्रलाई जतिसक्दो छिटो औपचारिक बनाउन सरकारलाई दबाब रहेको छ। अनौपचारिक अर्थतन्त्रका बारेमा पारिरहेको […]

नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना डीपीआर अध्ययनको जिम्मेवारी कोरियाली कम्पनी जि-फिलोसलाई

काठमाडौं । नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ। समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमूख […]

सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधिलाई संशोधन,८ शीर्षकको कर्जामा ३ प्रतिशतसम्म ब्याज अनुदान दिने

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधिलाई संशोधन गरेको छ । परम्परागत सीप र पेशाको आधुनिकीकरण एवं प्रवर्द्धन गर्दै उद्यमशीलताको विकास तथा प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण गर्न प्रदान गरिने सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याज, बीमाशुल्क वा सुरक्षण शुल्कमा अनुदान रकम उपलव्ध गराउने उद्देश्यले सरकारले कार्यविधि संशोधन गरेको हो । सरकारले विभिन्न ८ शीर्षकको कर्जामा ३ […]

करिब २८ खर्ब पुग्यो सार्वजनिक ऋण, साउनमा १४ अर्बभन्दा बढी थप

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब दुई करोड वृद्धि भई रु २६ खर्ब […]

उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान  वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा  गरेको हो ।  निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले यसपटक उखु किसानलाई […]

रसुवा र तातोपानी नाका सञ्चालनमा ल्याउन चेम्बरको आग्रह

काठमाडौं ।  गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा र तातोपानी नाका यथाशीघ्र सञ्चालनमा ल्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गराएको छ । यी दुई नाका नजिकिँदो चाडपर्वका बेला बन्द भएपछि व्यापार, व्यवसाय र वस्तु आयात निर्यात प्रणालीमा गम्भीर समस्या देखिएकाले तत्काल पुनर्निर्माण गर्न चेम्बरले सरकारसमक्ष आग्रह गरेको हो । यसले मूल्यवृद्धिमा […]

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल

काठमाडौं । भैरहवा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । अर्थ मन्त्रालयमा भएको छलफलमा दुवै विमानस्थलमा दिगो रुपमा अन्तर्राष्ट्रिय उडान गर्नेसम्बन्धी कार्ययोजनामा छलफल भएको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भारबहनलाई व्यवस्थापन, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडानका लागि सम्भावित थप उपायहरु पहिचान […]

सरकारले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउने तयारी गरेको हो ।  ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ ‘ढ’ (NPDB03142085) बोलकबोलमार्फत जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जानकारी दिएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य […]

सुन चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । मंगलबार सुनको मूल्यमा प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ १५ सय रुपैयाँ बढेको हो । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ। सोमबारबार २ हजार ३५५ […]