कोटेश्वर इन्टरसेक्सन सुधारलाई जापानको ३० अर्ब सहुलियत ऋण

काठमाडौं । जापान सरकारले संघीय राजधानीको कोटेश्वर इन्टरसेक्सन सुधार योजनालाई ३० अर्ब ८ करोड सहुलियत ऋण दिने भएको छ । मन्त्रिपरिषद्को यही भदौ २ को बैठकले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जापानले दिनलागेको ३४ अर्ब ४९ करोड येन (करिब ३० अर्ब ८ करोड रुपैयाँ) […]

दक्षिण कोरियाले नेपाल सरकारलाई ९० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । नेपाल सरकार र दक्षिण कोरियाबीच गण्डकी टेक्नोलोजी र व्यावसायिक प्रशिक्षण एकेडेमीको पूर्वाधार विकास कार्यक्रमका लागि आर्थिक सहायता गर्ने सम्झौता भएको छ । दक्षिण कोरियाले गण्डकी टेक्नोलोजी र व्यावसायिक प्रशिक्षण एकेडेमीको पूर्वाधार विकास कार्यक्रमका लागि लागि ९० लाख अमेरिकी डलर (करिब १ अर्ब २५ करोड) सहयोग गर्ने सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा […]

होटल्स तथा पर्यटन समूहका कम्पनीले कमाएर १ अर्ब २५ करोड, एउटा भने घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले १२ महिनामा १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ प्रतिशत कम हो । अघिल्लो वर्ष यी संस्थाहरुले १ अर्ब २६ करोड नाफा कमाएका थिए । ओरियन्ट होटल्स नाफामा मात्रै ७६ प्रतिशतले घटेको […]

अलैँचीको भाउ सात वर्ष यताकै उच्च,   प्रतिमन ९४ हजार

झापा ।  ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी) रु ९४ हजारमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताउनुभयो । “यो निकै राम्रो भाउ हो,” उनले भने , […]

मधेसको राजस्व सङ्कलन उच्च

काठमाडौं । मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो । सात वर्ष पहिले आव २०७५/७६ मा  दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो । […]

ओली सरकारको एक आर्थिक वर्ष : १९०० माइलस्टोन तय १२३६ माइलस्टोन सम्पन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत आर्थिक वर्षमा १ हजार ९०० माइलस्टोन तय गरेकोमा १ हजार २३६ वटा माइलस्टोन सम्पन्न गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बजेट कार्यान्वयनको समीक्षाका क्रममा आर्थिक वर्ष २०८१÷८२ मा प्रधानमन्त्री र मन्त्रीहरूबीच भएको कार्यसम्पादन सम्झौता अनुसार उक्त काम भएको हो । उक्त सम्झौता अनुरुप प्रधानमन्त्री […]

पहिलो महिनामा सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड आम्दानी गर्दा ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको ५ दशमलव ५६ प्रतिशत आम्दानी र २ दशमलव ३६ प्रतिशत खर्च भएको हो । सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब […]

बजेटका उद्देश्य पूरा गर्ने गरी लाग्न अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन् । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलन लगायतका लक्ष्यहरु पूरा गर्नका लागि अहिलेदेखि सकृय भएर लाग्न निर्देशन दिए । औषत […]

सरकारले तोक्यो नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर, न्यूनतम ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ । यस्तै मिनी बस/ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको बिहीबार […]

आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा देखा परेका छन् : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठ )

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे बुधबार संसद्लाई अवगत गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैँ विष्लेषण गर्न पनि सांसदहरुलाई आग्रह गरे । सोसम्बन्धी प्रधानमन्त्री ओलीको सम्बोधनको […]