केराखेतीबाट १५ लाख रूपैयाँसम्म आम्दानी गर्छन् कैलालीका टेकेन्द्र
टीकापुर । कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रूपैयाँको केरा बिक्री गरे। ‘समयमै उत्पादन हुँदा ४७ लाख रूपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘मैले राम्रो उत्पादन भएका बेला एक […]

