अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र  अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भएको थियो  । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा […]

बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

काठमाडौं । रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिएका छन् । […]

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा […]

सबै वस्तुमा एमआरपी लागू गर्ने निर्णय पुनर्विचार गर्न राष्ट्रिय व्यवसायी महासंघको आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सबै वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले आइतबार पूर्वाधारको तयारी नगरी सबै वस्तुमा एमआरपी लागू गर्न खोजेको भन्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो। सबै वस्तुमा एमआरपी लागू गर्ने सरकारको […]

दुग्ध उत्पादक किसानलाई  २८ लाख अनुदान

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब रू २८ लाख अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नगरभित्रका दुग्ध उत्पादक किसानलाई रू २७ लाख ९२ हजार २९६ अनुदानस्वरुप उपलब्ध गराइएको जानकारी दिएको छ । नगरपालिकाले दुग्ध उत्पादक किसानलाई पाँच वटा सहकारीमा सङ्कलन भएको १३ लाख ९६ […]

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन

बागमती । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव […]

राजस्व सङ्कलनमा नौ दशमलव ४० प्रतिशतले वृद्धि

भद्रपुर (झापा)। आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ५१ करोड ७९ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा नौ दशमलव ४० प्रतिशतले बढी हो । कार्यालयले आव २०८०/८१ मा तीन अर्ब २१ करोड ५४ लाख ६८ हजार राजस्व सङ्कलन गरेको थियो । आव २०८१/८२ […]

न्यून ज्यालामा काम गर्न बाध्य हुम्लाका श्रमिक

हुम्ला। सरकारले न्यूनतम प्रारिश्रमिक निर्धारण गरिरहँदा हुम्लाका नागरिकहरू न्यून ज्यालामा काम गर्न बाध्य भएका छन्। श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले यही आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने गरी मासिक दैनिक, प्रतिघण्टा तथा आंशिक समयमा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरी रहँदा यहाँका नागरिक त्यसको दोब्बरभन्दा कम ज्यालामा मजदुरी गर्न बाध्य छन्। श्रम ऐन २०७४ को […]

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

नवलपरासी । यातायात व्यवस्था कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आव कै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख सुरेश जैसवालले बताए । “गत आवमा सवारी साधन कर सङ्कलन बापत २२ […]

ऐनापहरामा व्यावसायिक रुपमा सञ्चालनमा आयो ‘स्काइ वाक’

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा साहसिक स्काइ वाक आजदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको थियो । स्काइ वाकका लागि प्रतिव्यक्ति २५० शुल्क तोकिएको छ । ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित गाउँपालिकाले स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले […]