तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई तस्करी, भ्रष्टाचार र राज्यको सम्पतिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका  छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा […]

पुस मसान्तसम्म डेडिकेटेड ट्रंकलाइनको महशुल असुल गर्नु पर्ने, नगरे प्राधिकरणका कर्मचारीबाट उठाउन लेखा समितिको सरकारलाई निर्देशन

काठमाडौं । संसदको लेखा समितिले पुस मसानतसम्म डेडिकेटेड ट्रंकलाइनको महशुल असुल गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। आइतबार बसेको समितिको बैठकमा अध्यक्ष ऋषिकेश पोखरेलले प्राधिकरणलाई उक्त निर्देशन दिएको सुनाए। साथै पुस मसान्त भित्र प्राधिकरणले बक्यौता असुल उपर नगरे विद्युत प्राधिकरण नियमावली १० बमोजिम जिम्मेवार कर्मचारी तथा सम्बध कर्मचारीहरुबाट उक्त बक्यौता रकम असुल उपर गर्न गराउन […]

अर्थ मन्त्रीको उपस्थितीमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि छलफलहुँदै

काठमाडौं । आज संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत  अर्थ समितिको बैठक ११ बजे बस्न लागेको छ  । आजको बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि छलफलको प्रस्ताव रहेको छ । आजको अर्थ समितिको वैठकमा अर्थ मन्त्री सहभागी हुने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।  

१ महिनामा व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना नेपालले कुल १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँको घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार गत साउनमा नेपालले  १ खर्ब २८ अर्ब ३७ करोड […]

पूँजीबजार क्षेत्र उत्साहित भएको छ, अर्थतन्त्रका सबै क्षेत्रमा सुधार देखिँदैछ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन बनेर नयाँ सरकार बने लगत्तै नेपालको पूँजीबजार क्षेत्र उत्साहित भएको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौँमा आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले पूँजीबजार सहित समग्र अर्थतन्त्रका क्षेत्रमा एक खालको उत्साह पैदा […]

अन्त:शुल्क ऐन र आयकर ऐनको स्वेच्छाचारी प्रयोग रोकिनुपर्छ: अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कोभिड–१९ र त्यसपछिका विभिन्न समस्याले आक्रान्त बनेका् अर्थतन्त्रले अझै पनि समस्याको बोझ बोकिरहेको बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले करका समस्याबाट उद्योगी व्यवसायीहरु अझै पनि पीडित रहेको बताएका […]

ऐन कानुन बनाउँदा उद्योगी व्यवसायीले बद्मासी नै गर्छ भन्ने सोचबाट प्रेरित हुनु भएन: अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकार ऐन तथा कानुनहरु बनाउँदा निजी क्षेत्रले बद्मासी नै गर्छन् भन्ने सोचबाट प्रेरित हुने गरेको गुनासो गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार, सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष अग्रवालले उद्योगी व्यवसायीहरु भनेका बद्मास हुन्छन् भन्ने सोचबाट […]

शेयर बजारमा उत्साह छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आज शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताए। बजारमा देखिएको सुधारलाई ध्यान दिएर […]

सस्तोमा विद्युत उपलब्ध गराउन सरकारसँग नेपाल उद्योग वाणिज्य महासंघको माग

काठमाडौं महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युतलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । । नेपाल उद्योग व्यवसायी महासंघको आयोजनामा  सुदृढ  “अर्थतन्त्त निर्माणको आधार :सवल नीजी क्षेत्र र बलियो पुर्बाधार “बिषयक अन्तरक्रिया कार्यक्रममा   आप्नो मन्तव्तय राख्ने क्रममा उनले  सो माग गरेका हुन । उनले भने , ‘बिजुलीलाई कब्जा पदार्थको रुपमा सस्तोमा उपलब्ध […]

पोखरा विमानस्थल निर्माणमा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनलाई नेपाल सरकारको अनुरोध

काठमाडौं । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका […]