११ महिनामा नेपाल भित्रियो ४१ अर्बको औषधी, यी हुन् नेपालमा आयात हुने शीर्ष ५ वस्तु

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा नेपालमा आयात हुने वस्तु थोरैले घटेको छ। चालु आवको जेठ मसान्तसम्म १४ खर्ब ५३ अर्ब ७० करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ छ। राष्ट्र बैंकको तथ्यांकका आधारमा गत आवको सोही अवधिको तुलनामा नेपालमा आयात हुने वस्तु १.८ प्रतिशतले […]

सेयर बजारलाई अर्थतन्त्रको ऐना मानेर अघि बढ्छौंः नवनियुक्त अर्थमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेरेर सन्तुलित ढंगले अघि बढ्ने बताएका छन् । उपप्रधानसहित अर्थमन्त्रीमा नियुक्ति भएका पौडेलले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पथ तथा गोपनीयताको सपथग्रहण गरेपछि पदभार सम्हाल्न मन्त्रालय पुगेका पौडेलले यस्तो बताएका हुन् । नेकपा एमाले र कांग्रेसको गठबन्धनमा नयाँ सरकार भन्ने अवस्था निर्माण हुँदा सेयर […]

अर्गानिक कृषिको सम्भावना तथा अवसरका विषयमा सीएनआई युवा उद्यमी मन्चको छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अवसरका बिषयमा छलफल गरेको छ। शुक्रबार मञ्चले जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँगको सहकार्यमा नेपालका लागि इजरायली राजदूत हानन गोडर गोल्डबर्गर सँग नेपालमा अर्गानिक कृषिको सम्भावना तथा अर्गानिक कृषिका फाईदाहरुका विषयमा छलफल गरेको हो । सो अवसरमा राजदूत गोल्डबर्गरले इजरायलले सीमीत बर्षाका बावजुद आफ्नै […]

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालले १ खर्ब ३९ अर्ब २६ करोड १७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै मूल्यको जस्ता पाता निर्यात भएको छ। कुल निर्यातमध्ये १० अर्ब ६ करोड १० लाख रुपैयाँ बराबरको जस्ता पाता निर्यात भएको छ। यो कुल निर्यातको ७.७ प्रतिशत […]

आईएमएफले नेपाललाई साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा निकासा गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५० करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । आईएमएफल विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तरगत उत्त रकम स्वीकृत गरेको हो । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय […]

मूल्यवृद्धि घट्यो सबैभन्दा कम तराईमा

काठमाडौं । राष्ट्र बैंकका अनुसार पछिल्लो समय मूल्य वृद्धि घटेको छ । राष्ट्र चालु आर्थिक वर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजननिक गर्दै उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशत रहेको बताएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर […]

काठमाडौं महानगरको २५ अर्ब ७० करोडको बजेट पारित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका नगर सभा १५ औँ अशिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ वैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । सभाका अध्यक्ष एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) […]

सेयर तथा घरजग्गा कारोबारलाई सहज बनाउने मौद्रिक नीति आउनुपर्छः महासंघ अध्यक्ष ढकाल

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने गरी मौद्रिक नीति आउनु पर्ने बताएका छन्। महासंघले मंगलबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया गभर्नर महाप्रसाद अधिकारी र नेपाल राष्ट्र बैंकका उच्च तहका अधिकारी उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। ‘सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने […]

पान लिई कारोबार गर्न व्यवसायीहरुलाई राजस्व विभागको आग्रह

काठमाडौं ।  आन्तरिक राजस्व विभागले ढुवानी साधनका धनीहरुलाई स्थायी लेखा नम्बर (पान) लिई कारोबार गर्न आग्रह गरेको छ । विभागले आज (मंगलबार) एक सूचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो । विभागले ढुवानीका साधन (ट्रक, टिप्पर, ट्र्याक्टर आदि) का केही व्यवसायी र ढुवानी साधन धनी स्वयंले हालसम्म पनि पान नलिएको पाइएकाले यथासिघ्र स्थायी लेखा नम्बर […]

चालु आवको पुँजीगत खर्च ५७ प्रतिशतमा सिमित, राजस्व संकलनमा पनि चुक्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ मा सरकारले विनियोजित बजेटको कुल ५६.९७ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। चालु आवको लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा सोमबार राती १२ बजेसम्म १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँमा खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। अन्तिम […]