वैदेशिक सहायताबिना आन्तरिक स्रोत मात्र पर्याप्त नहुने : सह–सचिव शर्मा

काठमाडौं । अर्थ मन्त्रालयका सह–सचिव धनिराम शर्माले नेपालको तीव्र विकास वैदेशिक सहायताको भरमा मात्र सम्भव हुने स्पष्ट पारेका छन्। पछिल्लो समय वैदेशिक सहायता नलिनुपर्ने जस्ता धारणा आए पनि तीव्र विकासका लागि आन्तरिक स्रोत मात्र पर्याप्त नहुने उनको भनाइ छ। शर्माले नेपालले आफ्नै नीतिअनुसार वैदेशिक सहायता लिँदै आएको बताउँदै तीव्र विकास गरेका अधिकांश मुलुकले पनि वैदेशिक […]

सार्वजनिक लेखा समितिमा बेरुजु छलफल: मन्त्रालयका सचिवहरूले बताए बेरुजुको अवस्था र चुनौती

काठमाडौं । सार्वजनिक लेखा समितिको आजको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले आ-आफ्नो मन्त्रालयको बेरुजु अवस्था, त्यसको व्यवस्थापनमा देखिएका चुनौतीहरू र समाधानका लागि चालिएका कदमबारे जानकारी गराएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय: कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपककुमार खरालले मन्त्रालयको कुल बेरुजु ८ अर्ब ९८ करोड रहेकोमा ४० प्रतिशत संपरीक्षण भइसकेको बताए। उनले अबको ६ […]

केराखेतीबाट १५ लाख रूपैयाँसम्म आम्दानी गर्छन् कैलालीका टेकेन्द्र

टीकापुर । कैलालीको टीकापुर-४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन्। धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट ४७ लाख रूपैयाँको केरा बिक्री गरे। ‘समयमै उत्पादन हुँदा ४७ लाख रूपैयाँको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’, उनले भने, ‘मैले राम्रो उत्पादन भएका बेला एक […]

काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको काम समयमै सक्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे)को निर्माण समयमै सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आइतबार सरोकारवाला पक्षसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत द्रुतमार्ग निर्माणको काम समयमै सक्न सम्बन्धित मन्त्रालय र नेपाली सेनालाई आग्रह गरिएको जानकारी दिएका हुन्। ‘काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे) हाम्रो रणनैतिक महत्त्वको सडक आयोजना हो। यसले काठमाडौँलाई १ […]

औपचारिक रुपमा कार्यान्वयनमा आएको एमसीसीको घरभाडा खर्च १७ करोड बढी

काठमाडौं । नेपालको तर्फबाट अर्थ मन्त्रालय र संयुक्त राज्य अमेरिकाको तर्फबाट मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच सम्पन्न भएको मिलेनियम च्यालेन्ज ‘कम्प्याक्ट’ सम्झौता (एमसीसी) को कार्यान्वयनलाई निरन्तरता दिने विषयको बारेमा नेपालस्थित अमेरिकी दुतवासाले गत असारमा आधिकारीक जानकारी दिएको थियो । त्यसको एक महिना नबित्दै नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालयले सोमबार औपचारिक जानकारी दिएको छ । एमसीए नेपालले घरभाडाको लागि […]

प्रदेश सरकार कानुन मिचेर बजेटमा ऋणको स्रोत देखाउँदै 

काठमाडौं । प्रदेश सरकारले आफ्नो बजेटमा आन्तरिक ऋणलाई स्रोत देखाउन थालेको आठ वर्ष भयो । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ मा पहिलो पटक आन्तरिक ऋण उठाउने गरी घाटा बजेट ल्याएको थियो । त्यसयता बागमती र सुदूरपश्चिमबाहेक सबै प्रदेशले ऋणलाई स्रोत देखाएर कुनै न कुनै आवमा बजेट ल्याएका छन् । चालु आव २०८२/८३ का लागि गण्डकी […]

नेपाली उद्यम मञ्च ललितपुर च्याप्टरको चौथो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न, नेतृत्व हस्तान्तरण सम्पन्न

ललितपुर । नेपाल नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, असार २७ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख व्यक्तित्वहरू […]

अख्तियार प्रमुख प्रेम राई विरुद्ध अख्तियारमै उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल (सफल) ले आइतबार उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा मुछिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न उजुरीमा आग्रह गरिएको छ । उजुरीमा अख्तियार […]

५० दरको नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले ५० दरको ४२ करोड थान नयाँ नोट छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलपत्रको शुल्क नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरुमा यूएस डलर १४६, यूरो १२६ […]

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको भाउ शुक्रबार ५०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर २३ सय ४० […]